Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ रहेको राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको चेतावनी

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार मध्यपूर्वमा जारी द्वन्द्वले सो क्षेत्रको स्थिति ‘कल्पनाभन्दा बाहिर’ पुगेको बताएका छन्। सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले स्थिति नियन्त्रण बाहिर जाँदै गरेको र यसले क्षेत्रलाई फराकिलो टकरावतर्फ धकेलिरहेको चेतावनी दिए। एउटा सङ्कटले अर्को सङ्कटलाई बढावा दिइरहेको उल्लेख गर्दै उनले तत्काल संयमता अपनाउन आग्रह गरे।

2 publishers · 2 headlines · developing over 3 hours
Broke firstRatopati logoRatopati

पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

काठमाडाैँ । पश्चिम एसियामा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पुर्‍याएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार बताएका छन्। “स्थिति नियन्त्रण बाहिर जाँदैछ। यो ‘कल्पनातीत किनार’मा डगमगाइरहेको छ । क्षेत्रलाई निरन्तर फराकिलो हुँदै गएको टकरावको घेरामा तानिँदैछ।

story2 publishers
Coverage

1 more headline since

  1. मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

    संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार बताएका छन् । ‘स्थिति नियन्त्रण बाहिर जाँदैछ। यो ‘कल्पनातीत किनार’मा डगमगाइरहेको छ । क्षेत्रलाई निरन्तर फराकिलो हुँदै गएको टकरावको घेरामा तानिँदैछ। एउटा सङ्कटले अर्को सङ्कटलाई बढावा दिँदैछ। एउटा वृद्धिले अर्को वृद्धिलाई निम्त्याउँदैछ,’ गुटेर्रेसले सुरक्षा परिषद् बैठकमा भने । उनले […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.