सामाजिक सञ्जालको ट्रोल सहन नसकेर दुई पटक आत्महत्या गर्न खोजेँ- सांसद सीता थपलिया
नेपाली कांग्रेसकी सांसद सीता (उर्मिला) थपलियाले सामाजिक सञ्जालमा आफूविरुद्ध भएको ट्रोलका कारण मानसिक रूपमा गम्भीर असर परेको र त्यसकैबीच दुई पटक आत्महत्याको प्रयाससमेत गरेको खुलासा गरेकी छन् ।प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद थपलियाले केही दिनअघि आफू र अर्की एक सांसद (कांग्रेस प्रमुख सचेतक बासना थापा)ले संसद्मा तीन जना युवाले २४ घण्टाभित्र आत्मदाह गरेको घटनाबारे सरकारको ध्यानाकर्षण गराएको स्मरण गराइन् । सरकारको ध्यानाकर्षण गराउन अपनाइएको शैलीलाई लिएर सामाजिक सञ्जालमा आफूहरूविरुद्ध


