Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 12h agolast: 11h ago

प्राविधिक समस्याका कारण राष्ट्रिय सभाको बैठक स्थगित

ध्वनि प्रणालीमा प्राविधिक समस्या देखिएपछि शुक्रबार दिउँसो राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। बैठक सुरु भएको करिब १७ मिनेटपछि प्रत्यक्ष प्रसारण र आन्तरिक रेकर्डिङमा आवाज नआएपछि अध्यक्ष नारायणप्रसाद दाहालले २० मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो। शून्य समयमा सांसदहरूले बोलिरहेका बेला अडियोमा समस्या आएको संसद् सचिवालयले जनाएको छ। बैठक स्थगित भएपछि छलफलका लागि उपस्थित मन्त्री र सांसदहरू हलबाट बाहिरिएका थिए।

4 publishers · 4 headlines · 4 in 24h · developing over 44 min
Broke firstOnlineKhabar logoOnlineKhabar

प्राविधक समस्यापछि राष्ट्रिय सभाको बैठक स्थगित

१८ असार, काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । प्रावधिक समस्याका कारण बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ । १७ मिनेटसम्म पनि बैठक चल्यो । केही सांसदहरूले आफ्ना कुरा राखे । तर सभाको प्रत्यक्ष प्रशारणमा अडियो आइरहेको थिएन । अडियो नआउँदा रेकर्डमा समेत समस्या भएको भनेर बैठक नै स्थगित गरिएको हो । […]

Coverage

3 more headlines since

first · 12h agolatest · 11h ago
  1. अडियो समस्यापछि बीचमै स्थगित भयो राष्ट्रियसभा, फर्किए मन्त्री

    अडियो रेकर्डिङमा समस्या भएपछि राष्ट्रियसभाको बैठक केहीबेरका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो सवा १ बजे बसेको बैठक केहीबेर चले पनि प्रत्यक्ष प्रसारणमा आवाज आएको थिएन ।अर्काइभमा समेत अडियो रेकर्ड नभएपछि अध्यक्ष नारायण दाहालले बैठक स्थगित गरेका हुन् । स्थगित हुनुअघि महन्थ ठाकुर, रामकुमारी झाँक्रीलगायत सांसदले शून्य समयमा बोलेका थिए ।प्रतिनिधिसभाबाट पारित भएर आएको विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयको छलफल सुन्न सरकारका मन्त्रीहरू समेत उपस्थित भएका थिए । बैठक स्थगित भएपछि मन्त्रीहरू फर्केका छन

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  2. राष्ट्रिय सभाको बैठक स्थगित किन ? यस्तो छ कारण

    काठमाडौं । राष्ट्रिय सभाको बैठक प्राविधिक समस्याका कारण स्थगित भएका छ। शुक्रबार दिउँसो राष्ट्रिय सभाको बैठक सञ्चालन भएको थियो। बैठक सञ्चालन भएको केही समयमै बैठकको ‘लाइभ अडियो’मा समस्या आएको थियो। तैपनि केहीबेर राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालन गरेका थिए। तर, अडिओ नसुनिएपछि अध्यक्ष दाहालले २० मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका छन्। […] The post राष्ट्रिय सभाको बैठक स्थगित किन ? यस्तो छ कारण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  3. ‘साउन्ड सिस्टम’मा समस्या देखिएपछि राष्ट्रियसभा बैठक स्थगित

    काठमाडौँ । ‘साउन्ड सिस्टम’मा समस्या देखिएपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले साउन्ड सिस्टममा समस्या देखिएपछि बैठक केही बेरलाई स्थगित गरिएको जानकारी दिए । १७ मिनेटसम्म बैठक चलेपछि सभाको प्रत्यक्ष

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.