Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 15h agolast: 15h ago

बालेन शाह नेतृत्वको सरकारको १०० दिनबारे बाबुराम भट्टराईको समीक्षा

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बालेन शाह नेतृत्वको सरकारको पहिलो १०० दिनको समीक्षा गर्दै आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ। परम्परागत संसदीय राजनीतिको दृष्टिकोणबाट हेर्दा यो अवधि उपलब्धिमूलक नदेखिए पनि सरकारले पुरानो शैली भत्काउने प्रयास गरेको उहाँको भनाइ छ। भट्टराईले सरकारलाई 'शंकाको लाभ' दिनुपर्ने उल्लेख गर्दै दृष्टिकोण अनुसार मूल्याङ्कन फरक हुन सक्ने बताउनुभयो।

3 publishers · 3 headlines · 3 in 24h · developing over 30 min
Broke firstHimal Press logoHimal Press

बालेन नेतृत्वको सरकारलाई ‘शंकाको लाभ’ दिन बाबुरामको आग्रह

काठमाडौँ- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको पहिलो सय दिनलाई लिएर आआफ्नो दृष्टिकोणअनुसार फरकफरक मूल्यांकन हुनु स्वाभाविक रहेको बताएका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत उनले परम्परागत संसदीय राजनीतिको दृष्टिकोणबाट हेर्दा सरकारका सय दिन खासै उपलब्धिमूलक नदेखिन सक्ने, बरु पुरानो शैली भत्किन थालेकोमा आशंका र चिन्ता उत्पन्न हुन सक्ने उल्लेख गरेका छन्। उनले भनेका छन्,‘फूलको […]

Coverage

2 more headlines since

first · 15h agolatest · 15h ago
  1. बालेन सरकारको १०० दिनबारे बाबुराम- फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको १०० दिनको मूल्याङ्कन व्यक्तिको दृष्टिकोणअनुसार फरक फरक हुन सक्ने बताएका छन्। रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारको उनले ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ भन्दै समीक्षा गरेका छन्। पुरानै संसदीय राजनीतिको निरन्तरताको दृष्टिकोणबाट हेर्दा सरकारका यी सय दिन खासै उपलब्धिमूलक नदेखिन नसक्ने उनको भनाइ छ। […]

  2. सरकारले पुरानो शैली भत्काउने प्रयास गरेको छ,अझै केही समय दिनुपर्छ : बाबुराम भट्टराई

    पुरानै संसदीय राजनीतिको निरन्तरताको चस्माबाट हेर्दा सरकारका यी १०० दिन खासै उपलब्धिमूलक नदेखिन सक्छन्। बरु परम्परागत राजनीतिक शैली भत्किन थालेकोप्रति केहीमा आशंका र चिन्ता पनि उत्पन्न हुन सक्ने उनको भनाइ छ।...

    Nagarik News logoNagarik NewsPrivatepolitics3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.