Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

भारी वर्षाका कारण काठमाडौँको न्यू प्लाजा क्षेत्र जलमग्न, यातायात प्रभावित

बिहीबार साँझ परेको भारी वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रहरू जलमग्न भएका छन्। विशेषगरी न्यू प्लाजा क्षेत्रमा सडकमा पानी जम्दा पैदलयात्री र सवारी चालकहरूले निकै सास्ती भोग्नुपरेको छ। मनसुन सक्रिय भएसँगै भएको यस वर्षाले ट्राफिक व्यवस्थापनमा समेत कठिनाइ उत्पन्न गराएको थियो। वर्षाका कारण केही समय जनजीवन प्रभावित भए पनि कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।

TopicsKathmandu
3 publishers · 3 headlines · developing over 2 hours
Broke firstKhabarhub logoKhabarhub

भारी वर्षाका कारण न्यू प्लाजा क्षेत्र जलमग्न (तस्बिरहरू)

काठमाडौं– अविरल वर्षापछि काठमाडौंको न्यू प्लाजा क्षेत्र जलमग्न भएको छ। बिहीबार अपराह्न परेको भारी वर्षाका कारण सडकमा पानी जम्दा सवारी आवागमन प्रभावित भएको छ। जलमग्न सडकका कारण सवारी चालक तथा पैदलयात्रीलाई आवतजावतमा समेत कठिनाइ भएको छ।

Coverage

2 more headlines since

first · 1d agolatest · 1d ago
  1. भारी वर्षापछि काठमाडौंको विभिन्न क्षेत्र जलमग्न, ट्राफिक अस्तव्यस्त [फोटोफिचर]

    बिहीबार साँझ काठमाडौं उपत्यकाका भारी वर्षा भएको छ । वर्षाले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र जलमग्न हुन पुगे । वर्षाका कारण सडकमा पानी जम्दा स्थानीयवासी, पैदलयात्री तथा सवारी चालकलाई आवतजावत गर्न कठिनाइ भएको छ ।ट्राफिक नै अस्तव्यस्त भएपछि प्रहरीलाई समेत सवारी आवागमन गराउन हम्मेहम्मे भएको थियो ।मनसुन सक्रिय भएसँगै परेको भारी वर्षाले विभिन्न क्षेत्र डुबानमा परेको हो ।काठमाडौंको न्यू प्लाजा क्षेत्रमा केहीबेर सवारी आवागमन नै प्रभावित भएको प्रहरीले जनाएको छ । साँझ अबेर पानी पर्न रोकि

    Lokaantar logoLokaantarPrivatestory3 publishers
  2. भारी वर्षाले काठमाडौँको न्यू प्लाजा जलमग्न, सर्वसाधारणलाई सास्ती

    काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा परेको भारी वर्षाका कारण जनजीवन प्रभावित बनेको छ। भारी वर्षापछि काठमाडौँको न्यू प्लाजा क्षेत्र जलमग्न हुँदा सडकमा पानी जमेको छ भने आवतजावत गर्न सर्वसाधारणलाई निकै सास्ती भएको छ।सडकमा ठूलो परिमाणमा पानी जम्दा पैदल यात्रुहरू जोखिम मोलेर हिँड्न बाध्य भएका छन्। साना तथा ठूला सवारीसाधन सञ्चालनमा समेत कठिनाइ उत्पन्न भएको छ भने […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.