Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

पेप्सीकोलाका दुई गोदाममा आगलागी, पौने दुई करोडको क्षति

काठमाडौँको पेप्सीकोलास्थित सूर्यमुखी चोकमा रहेका दुईवटा गोदाममा गएराति भीषण आगलागी भएको छ। काठमाडौँ महानगरपालिका–३२ मा सञ्चालित माँ ट्रेडर्स र तलेजु भवानी ट्रेड कन्सर्नमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब १ करोड ७२ लाख ८१ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आगो नियन्त्रणमा आइसकेको छ र घटनामा कुनै मानवीय क्षति भएको छैन।

TopicsKathmandu
3 publishers · 3 headlines · developing over 1 hour
Broke firstOnlineKhabar logoOnlineKhabar

पेप्सीकोलामा आगलागी, डेढ करोड बढीको क्षति

१५ असार, काठमाडौं । काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलास्थित एक गोदाममा आगलागी हुँदा डेढ करोड बढीको क्षति भएको छ । पेप्सीकोलाको सूर्यमुखी चोकस्थित माँ ट्रेडस र तलेजु भवानी ट्रेड कन्सर्न प्रालिको गोदाममा आगलागी भएको थियो । उक्त गोदाममा आगलागी हुँदा १ करोड ७२ लाख ८१ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

Coverage

2 more headlines since

first · 5d agolatest · 5d ago
  1. पेप्सीकोलामा लागेको आगो नियन्त्रणमा

    काठमाडौँ । काठमाडौँको पेप्सीकोलास्थित सुर्यमुखी चोकमा सञ्चालित दुई वटा गोदाममा आगलागी भएको छ । गए राति काठमाडौँ–३२ स्थित माँ ट्रेडर्स र तलेजु भवानी कन्सर्नमा आगलागी भएको हो । आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. पेप्सिकोलाको एक गोदाममा आगलागी, पौने २ करोडको क्षति

    काठमाडौं । पुरानो सिनामंगल (पेप्सीकोला) चोकमा गए राति भीषण आगलागी भएको छ । काठमाडौं प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार सूर्यमुखी चोकस्थित माँ ट्रेडस र तलेजु भवानी ट्रेड कन्सर्नको गोदाममा बिजुली सर्ट भएर आगलागी भएको हो । आगलागीका कारण करिब १ करोड ७२ लाख ८१ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । तर, मानवीय […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.