Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 7h agolast: 3h ago

भरतपुरमा अक्सफोर्ड कलेजको बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

चितवनको भरतपुर महानगरपालिका-१६ विजयनगर चोकमा बिहीबार दिउँसो अक्सफोर्ड कलेजको बसले ठक्कर दिँदा एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ। गैँडाकोटमा रहेको कलेजको बसले दिउँसो करिब ४ बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दुर्घटनापछि भरतपुरमा तनावपूर्ण स्थिति सिर्जना भएको स्थानीय प्रतिनिधि गोपाल दराईले जानकारी दिनुभयो।

Summary by Jayaman

TopicsBharatpur
3publishers
4headlines
4in last 24h
Span: 3 hoursNE onlyUpdated 3h ago
Covered by
Broke on K cha khabarNepal Press logoNepal Press

अक्सफोर्ड कलेजको बसले साइकल यात्रीलाई ठक्कर दिँदा घटनास्थलमै ज्यान गयो

चितवन । गैँडाकोटमा रहेको अक्सफोर्ड कलेजको बसले साइकल यात्रीलाई ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका १६ विजयनगर चोकमा आज अपरान्ह ४ बजे साइकल यात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट साइकल यात्रीको घटनास्थलमै मृत्यु भएको स्थानीय कल्याण अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए । घटनास्थलमै पुगेका अधिकारीका अनुसार चालकले […]

Coverage

3 more headlines since

first · 7h agolatest · 3h ago
    1. भरतपुरमा स्कुल बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

      चितवनको भरतपुर महानगरपालिका–१६, बिजयनगर चोकस्थित भित्री सडक खण्डमा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
    2. चितवनमा कलेज बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

      २१ जेठ, चितवन । गैंडाकोटमा रहेको अक्सफोर्ड कलेजको बसको ठक्करबाट भरतपुरमा एक साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार दिउँसो भरतपुर महानगरपालिका–१६ विजयनगर चोकमा कलेजको ना १ क ७४९४ नम्बरको बसले साइकलमा सवार भरतपुर–१७ का ७० वर्षीय सुकराम चौधरीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको […]

    3. कलेज बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएपछि भरतपुरमा तनाव

      भरतपुर महानगरपालिका कार्यसमिति सदस्य गोपाल दराईका अनुसार बिहीबार अपराह्न भएको दुर्घटनामा साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको हो।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
Cyclist Dies After Being Struck by Oxford College Bus in Bharatpur · K cha khabar