
नेपालमा लगानी र नवप्रवर्तनको ठूलो सम्भावना रहेको अमेरिकी उपविदेशमन्त्रीको भनाइ
काठमाडौँ । संयुक्त राज्य अमेरिकाकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपाललाई अमेरिकाको महत्वपूर्ण साझेदार मुलुकका रूपमा उल्लेख गर्दै द्विपक्षीय सहकार्य थप विस्तार गर्न अमेरिका प्रतिबद्ध रहेको बताएकी छिन् । आज काठमाडौँमा सञ्चारकर्मीसँगको छलफलमा उनले ५५ करोड अमेरिकी डलर बराबरको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कम्प्याक्टलाई नेपालको अर्थतन्त्र र ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण लगानीको परियोजना भएको […]