Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 10h ago

सन् २०२६ को विश्वकपमा समय खेर फाल्ने प्रवृत्ति रोक्न फिफाद्वारा नयाँ नियम घोषणा

फिफाका रेफ्री प्रमुख पिएरलुइजी कोलिनाले सन् २०२६ को विश्वकपमा खेलको गति कायम राख्न र समय खेर फाल्ने रणनीतिलाई निरुत्साहित गर्न नयाँ नियमहरू घोषणा गरेका छन्। नयाँ व्यवस्था अनुसार गोलकिपर घाइते भएको समयमा अन्य खेलाडीहरू मैदानको छेउमा गएर प्रशिक्षकसँग रणनीति बनाउन पाउने छैनन्। इन्टरनेसनल फुटबल एसोसिएसन बोर्डले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) प्रोटोकलमा परिवर्तन र थ्रो-इनमा हुने ढिलाइलाई कडाइ गर्ने निर्णयलाई समेत स्वीकृति दिएको छ।

Summary by Jayaman

TopicsFootball
4publishers
4headlines
1in last 24h
Span: 1d 5hNE onlyUpdated 10h ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

विश्वकप मा नयाँ नियम: खेलको गति बिगार्ने ‘गोलकिपर रणनीतिक टाइमआउट’ माथि विश्वकपमा प्रतिबन्ध

काठमाडौँ । सन् २०२६ को विश्वकप फुटबलका क्रममा गोलकिपर घाइते हुँदा अन्य खेलाडीहरू मैदानको छेउ टेक्निकल एरियामा गएर प्रशिक्षकहरूसँग रणनीति बनाउन नपाउने भएका छन् । फिफाको रेफ्री कमिटिका प्रमुख पिएरलुइजी कोलिनाले यस विषयमा जानकारी दिएका

story4 publishers
Coverage

3 more headlines since

first · 2d agolatest · 11h ago
  1. 3–12 hours ago
    1. फिफा विश्वकप २०२६ मा लागु हुने नयाँ नियम

      लन्डन, (एजेन्सी)। सन् २०२६ को विश्वकप फुटबल केवल खेल मात्र हुनेछैन, खेल मैदानभित्र एउटा अभूतपूर्व र श्वास रोकिने खालको मोड बन्ने निश्चित भएको छ । फिफाले खेलको गतिलाई तीव्र बनाउन र नियतवश समय खेर फाल्ने (टाइम वेस्टिङ) प्रवृत्तिलाई जरैदेखि उखेल्न यस्ता कडा नियमहरू जारी गरेका छन । अब मैदानमा ढिलासुस्ती गर्ने खेलाडीहरूले सोच्ने समय समेत […]

  2. Yesterday
    1. विश्वकपमा समय खेर फाल्नेमाथि कडाइ, फिफाले नयाँ नियम लागू गर्दै

      १८ जेठ, काठमाडौं । फिफा ले आगामी फिफा विश्वकप २०२६ मा खेलको गति कायम राख्न र समय खेर फाल्ने प्रवृत्ति रोक्न रेफ्रीहरूलाई विशेष निर्देशन दिएको छ । फिफाका रेफ्री प्रमुख पिएरलुइजी कोलिना ले खेल अनावश्यक रूपमा रोक्ने वा ढिलाइ गर्ने गतिविधिलाई न्यूनतम बनाउने लक्ष्य रहेको बताएका छन् । नयाँ व्यवस्थाअनुसार गोलकिक वा थ्रो-इन लिन ढिलाइ […]

    2. विश्वकपमा कडा नियम: ५ सेकेन्डभित्र थ्रो-इन नगरे बल खोसिने, गोलकिपरको 'चोटको नाटक' नचल्ने

      फिफाका रिफ्री प्रमुख पिएरलुइजी कोलिनाले आगामी सन् २०२६ को विश्वकप फुटबलमा खेलको गतिलाई सुस्त बनाउने र समय खेर फाल्ने रणनीतिलाई निरुत्साहित गर्न धेरै नयाँ र कडा नियमहरू लागू गरिने घोषणा गरेका छन् । जसअन्तर्गत अब मैदानमा गोलकिपर घाइते भएको बहानामा खेलाडीहरू प्राविधिक क्षेत्र अर्थात् टचलाइनमा गएर प्रशिक्षकसँग रणनीति बनाउन पाउने छैनन् । यसका साथै इन्टरनेसनल फुटबल एसोसिएसन बोर्डले भिडियो असिस्टेन्ट रिफ्री (भीएआर) को प्रोटोकलमा पनि महत्त्वपूर्ण परिवर्तन गर्न स्वीकृति दिएको छ, जसअनुसार अब कर्नर वा

      Lokaantar logoLokaantarPrivatestory4 publishers
FIFA to Implement Stricter Rules Against Time-Wasting in 2026 World Cup · K cha khabar