Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 2d ago

बजेटमा कमला पुल नसमेटिएपछि स्थानीयद्वारा आन्दोलनको घोषणा

हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुलका लागि आर्थिक वर्ष २०८३/८४ को बजेटमा रकम विनियोजन नभएपछि स्थानीय बासिन्दा आन्दोलित भएका छन्। विगत डेढ दशकदेखि अलपत्र अवस्थामा रहेको यो पुलको पुनर्निर्माणका लागि बजेट नपरेपछि स्थानीयले चिन्ता र आक्रोश व्यक्त गरेका हुन्। कमला पुल निर्माण समितिले शनिबार बैठक बसी सरकारको ध्यानाकर्षण गराउन आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ।

Summary by Jayaman

3publishers
4headlines
Span: 3d 1hNE onlyUpdated 2d ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

कमला नदीको पुल निर्माणमा बजेट विनियोजन नगरेको भन्दै आन्दोलन

१७ जेठ, सिरहा । सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी सडकअन्तर्गतको कमला नदीको पुल निर्माणका लागि बजेट विनियोजन नगरिएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । शुक्रबार प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को बजेटमा रकम विनियोजन नभएको भन्दै स्थानीयवासीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । कमला पुल निर्माण समितिले शनिबार बैठक बसी आन्दोलन गर्ने निर्णय गरेका हुन् […]

Coverage

3 more headlines since

first · 5d agolatest · 2d ago
    1. कमला पुल निर्माणमा ढिलाइ, स्थानीय आक्रोशित

      काठमाडौं । सिरहा–धनुषा जोड्ने हुलाकी राजमार्गअन्तर्गतको कमला नदी पुल निर्माण करिब १५ वर्षदेखि अधुरै रहँदा स्थानीयवासी आक्रोशित बनेका छन्। आगामी आर्थिक वर्ष २०८३/८४ को संघीय बजेटमा पुलका लागि स्पष्ट बजेट विनियोजन नभएपछि निराशा झन् बढेको हो। २०६८ सालमा २४ करोड ९० लाख रुपैयाँ लागतमा ठेक्का लागेको ४६९.२ मिटर लामो पुल निर्माण कम्पनीको ढिलासुस्ती, प्रशासनिक जटिलता […]

    2. कमला पुल डेढ दशकदेखि अलपत्र, बजेट नपरेको भन्दै स्थानीय आक्रोशित

      भदौ २३ र २४ गतेको जनआन्दोलनपछि नयाँ राजनीतिक शक्तिप्रति स्थानीयको आशा थियो । तर, जेठ १५ गते सार्वजनिक भएको बजेटमा पुलका लागि रकम विनियोजन नभएको भन्दै स्थानीय निराश छन् ।

    3. बजेटमा कमला पुल नसमेटिँदा स्थानीय चिन्तित

      जीवछ यादवलहान, जेठ २० गते । सिरहा र धनुषा जिल्ला जोड्ने हुलाकी राजमार्गअन्तर्गत पर्ने कमला पुलको पुनर्निर्माण आर्थिक वर्ष २०८३/८४ को बजेटमा नसमेटिएपछि स्थानीयवासीले चिन्ता व्यक्त ग...

Locals Protest After Kamala Bridge Excluded From National Budget · K cha khabar