
प्रतिनिधि सभाको बैठकमा चलचित्र विधेयक पेश गर्दै सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले बुधबारको प्रतिनिधि सभाको बैठकमा चलचित्र विधेयक प्रस्तुत गर्दैछन् । प्रतिनिधिसभाको आजको बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।





