Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 23 Maylast: 29 May

सिरहाको बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णयविरुद्ध आन्दोलन जारी

सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारको निर्णयविरुद्ध स्थानीय बासिन्दा, व्यापारी र राजनीतिक दलका नेताहरूले आन्दोलन जारी राखेका छन्। आन्दोलनकारीहरूले भन्सारको मुख्य गेटमा धर्ना दिँदै सरकारको निर्णय फिर्ता लिन माग गरेका छन्। पटक-पटक ज्ञापनपत्र बुझाउँदा र शान्तिपूर्ण प्रदर्शन गर्दा पनि सरकारले सुनुवाइ नगरेको भन्दै सीमावर्ती क्षेत्रका बासिन्दाहरू आक्रोशित भएका हुन्।

Summary by Jayaman

TopicsSiraha
3publishers
5headlines
Span: 5d 20hNE onlyUpdated 29 May
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

बयारपट्टीमा छोटी भन्सार फिर्ता आन्दोलन जारी, मुख्य गेटमा धर्ना

९ जेठ, सिरहा । नेपाल सरकारले सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि सीमावर्ती क्षेत्र बरियारपट्टीका बासिन्दाहरुले आन्दोलन जारी राखेका छन् । स्थानीयवासी, व्यापारी, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका नेताहरू सरकारको निर्णयविरुद्ध सडक आन्दोलनमा उत्रिएका हुन् । पटक–पटक ज्ञापनपत्र बुझाउँदा, शान्तिपूर्ण आन्दोलन गर्दा तथा सरकारको ध्यानाकर्षण गराउँदासमेत कुनै सुनुवाइ नभएको भन्दै स्थानीयहरू थप […]

Coverage

4 more headlines since

first · 23 Maylatest · 29 May
    1. बरियारपट्टि छोटी भन्सार सञ्चालनको मागमा आन्दोलन

      जीवछ यादवलहान, जेठ १५ गते । सिरहाको बरियारपट्टि छोटी भन्सार खारेज भएपछि स्थानीयवासी निरन्तर आन्दोलनमा उत्रिएका छन् । भन्सार पुनः सञ्चालन नभएसम्म आन्दोलन जारी रहने आन्दोलन संघर्ष सम...

    2. बयारपट्टी छोटी भन्सार हटाउने निर्णयविरुद्ध प्रधानमन्त्रीको पुतला दहन

      १३ जेठ, सिरहा । सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय हटाउने निर्णयविरुद्ध आन्दोलित भएका नागरिकहरूले मसाल जुलुससहित प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को पुत्ला दहन गरेका छन्प्र । सरकारी निर्णयविरुद्ध सडक आन्दोलन गरिरहेका स्थानीयवासी र व्यवसायीहरूले भन्सार पुनःस्थापनाको माग गरिरहेका छन् । प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजीसमेत गरेका थिए । आन्दोलित नागरिकहरुका अनुसार, छोटी भन्सार बन्द हुँदा स्थानीय […]

    3. बरियारपट्टी छोटी भन्सार सञ्चालनको माग गर्दै प्रदर्शन

      १२ जेठ, सिरहा । सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय पुन: सञ्चालनको माग गर्दै स्थानीयवासीहरू सडक आन्दोलनमा उत्रिएका छन् । सरकारले छोटी भन्सार बन्द गर्ने निर्णय गरेपछि सीमावर्ती क्षेत्रका साना व्यापारी, मजदुर तथा दैनिक किनमेल गरेर जीविका चलाउने परिवारहरूले आफूहरु प्रत्यक्ष प्रभावित भएको गुनासो गरेका छन् । पटक–पटक आन्दोलन, धर्ना, ज्ञापनपत्र तथा चक्काजाम गर्दा पनि माग […]

    4. सरकारको निर्णयविरुद्ध निरन्तर आन्दोलन, बरियारपट्टी छोटी भन्सार गेटमा धर्ना

      सिरहा । सिरहा नेपाल सरकारले सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि सीमावर्ती क्षेत्रका बासिन्दाहरूले आन्दोलन जारी राखेका छन् । स्थानीय व्यापारी जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका नेताहरूले सरकारको निर्णयविरुद्ध निरन्तर सडक आन्दोलनमा उत्रिएका हुन्

      Ratopati logoRatopatiPrivatestory5 publishers
Protests Continue Against Closure of Bariarpatti Customs Office in Siraha · K cha khabar