Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 14 Maylast: 5h ago

सन् १९३० देखि १९९४ सम्मका फिफा विश्वकप संस्करणहरूको ऐतिहासिक सिंहावलोकन

सन् १९३० मा सुरु भएको फिफा विश्वकप दोस्रो विश्वयुद्ध जस्ता अवरोधहरूलाई चिर्दै एक वैश्विक सांस्कृतिक उत्सवको रूपमा विकसित भएको छ। सन् १९५८ मा स्विडेनमा भएको संस्करणमा पेलेको उदय र १९८६ मा मेक्सिकोमा डिएगो म्याराडोनाको ऐतिहासिक प्रदर्शनले फुटबलको इतिहासमा विशेष महत्त्व राख्दछन्। उरुग्वेमा भएको पहिलो प्रतियोगितादेखि सन् १९९४ मा अमेरिकामा आयोजित संस्करणसम्म आइपुग्दा यसको स्वरूप र सहभागितामा व्यापक विस्तार भएको छ।

Summary by Jayaman

3publishers
18headlines
2in last 24h
Span: 2 weeksNE onlyUpdated 5h ago
Covered by
Broke on K cha khabarLokaantar logoLokaantar

दोस्रो फिफा विश्वकप– १९३४ : एउटै खेल दुई दिनसम्म, खेलाडीका अचम्मका उपनाम

दक्षिण अमेरिकामा पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको चार वर्षपछि सन् १९३४ मा फिफा विश्वकपको दोस्रो संस्करण युरोपमा आयोजना भयो । दोस्रो संस्करण मे २७ देखि जुन १० सम्म इटालीमा आयोजना भएको थियो ।खासमा, दोस्रो फिफा विश्वकप आयोजनाका लागि स्विडेनले पनि दाबी प्रस्तुत गरेको थियो । फिफामा इटालीको बलियो प्रभावका कारण अन्तिम समयमा आएर स्विडेनले आफ्नो दाबी फिर्ता लिएको थियो । यसरी इटाली विश्वकै सर्वाधिक लोकप्रिय खेल आयोजना गर्ने पहिलो युरोपेली राष्ट्र बन्न पुग्यो ।दोस्रो संस्करणमा सहभागी टोलीको संख्या बढ

story18 publishers
Coverage

17 more headlines since

first · 14 Maylatest · 6h ago
  1. 3–12 hours ago
    1. फिफा विश्वकप २०२६ मा तोडिन सक्ने पाँच कीर्तिमान

      १९ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ सुरु हुनुअघि नै केही कीर्तिमानहरू बनिसकेका छन् । विश्व फुटबलको महाकुम्भ अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता बन्दैछ । पहिलो पटक तीन राष्ट्रले विश्वकप आयोजना गर्नेदेखि अहिलेसम्मकै धेरै ४८ राष्ट्रले विश्वकप खेल्दैछन् भने कूल १०४ खेल हुनेछ । यो एकै संस्करणमा हुन लागेको अहिलेसम्मकै धेरै खेल हो । यस्तै विश्वकप […]

  2. Earlier today
    1. १७औँ विश्वकप : एसियाली आकाशमा लेखिएको इतिहास- रोनाल्डोको 'चमत्कारी' पुनरागमन र केही रोचक तथ्यहरू

      विश्व फुटबलको मानचित्रमा सन् २००२ एउटा यस्तो वर्ष थियो, जसले ‘फुटबल भनेको युरोप र अमेरिकाको मात्र बिर्ता हो’ भन्ने भाष्यलाई पूर्णरूपमा तोडिदियो ।जापान र दक्षिण कोरियाले संयुक्त आयोजना गरेको फिफा विश्वकपको १७औँ संस्करणलाई फुटबल इतिहासकै सबैभन्दा विवादित, रोमाञ्चक र परिवर्तनकारी अध्याय मानिन्छ ।यो संस्करण सन् २००२ को मे ३१ देखि जुन ३० तारिखसम्म आयोजना भएको थियो । यो विश्वकपमा ३२ राष्ट्रले सहभागिता जनाएका थिए ।एसियाबाट चीन, जापान, दक्षिण कोरिया र साउदी अरेयिबा सहभागी थिए । अफ्रिकाबाट क्

      Lokaantar logoLokaantarPrivatestory18 publishers
  3. Yesterday
    1. जब विश्वकपले काचुली फेर्यो : रोनाल्डोको ‘रहस्यमय’ रात र जिदानको उदय

      १६औँ फिफा विश्वकप केवल खेलको प्रतिस्पर्धा थिएन, यो आधुनिक फुटबलको एक नयाँ अध्याय पनि थियो । ६० वर्षपछि विश्वकप फेरि आफ्नो भूमिमा फर्कँदा फ्रान्सले मात्र होइन, सिंगो विश्वले नै फुटबलको नयाँ परिभाषा पाएको थियो ।१६औँ संस्करण सन् १९९८ को जुन १० देखि जुलाई १२ तारिखसम्म फ्रान्समा आयोजना भयो । यो विश्वकपका खेलहरू विभिन्न १० सहरका रंगशालाहरूमा खेलाइएको थियो ।एसियाबाट इरान, जोर्डन, साउदी अरेयिबा र दक्षिण कोरिया गरी चार राष्ट्रले भाग लिएका थिए । अफ्रिकाबाट पनि क्यामरुन, मोरक्को, नाइजेरिया, दक्षिण अफ्रिका

      Lokaantar logoLokaantarPrivatestory18 publishers
  4. Older
    1. १५औं फिफा विश्वकप-१९९४ : त्यो ‘ब्लकबस्टर’ संस्करण, जसले फुटबलको परिभाषा नै बदल्यो

      फिफा विश्वकप फुटबलको १५औं संस्करण सन् १९९४ को जुन १७ देखि जुलाई १७ तारिखसम्म अमेरिकामा आयोजना भएको थियो । अमेरिकाले विश्वकप फुटबल आयोजना गरेको यो नै पहिलो पटक थियो ।यो विश्वकपमा पनि २४ टोलीबीच नै उपाधिका लागि भिडन्त भएको थियो । यो विश्वकपका खेल विभिन्न नौवटा शहरका रंगशालामा खेलाइएको थियो ।विश्वकपको यो संस्करणमा एसियाको प्रतिनिधित्व साउदी अरेयिबा र दक्षिण कोरियाले गरेका थिए । अघिल्लो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका कारण अफ्रिकाबाट तीन राष्ट्रले अवसर पाएका थिए । अफ्रिकाबाट क्यामरुन, मोरक्को र ना

      Lokaantar logoLokaantarPrivatestory18 publishers
    2. १४औँ फिफा विश्वकप : ‘डिफेन्सिभ’को दबदबा, रातो कार्डको वर्षा र विश्व फुटबलको बदलिएको ‘कथा’

      फिफा पुरुष विश्वकपको १४औँ संस्करण सन् १९९० को जुन ८ देखि जुलाई ८ तारिखसम्म इटालीमा आयोजना भएको थियो । ५६ वर्षपछि विश्वकप फुटबल इटालीमा फर्किएको थियो । यसअघि, इटालीले सन् १९३४ मा दोस्रो संस्करण आयोजना गरेको थियो ।इटालीको १२ वटा शहरको रंगशालामा खेलाइएको १४औँ संस्करणमा पनि २४ टोलीले सहभागिता जनाएका थिए । यो विश्वकपमा एसियाबाट दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई)ले भाग लिएका थिए ।अफ्रिकाको प्रतिनिधित्व इजिप्ट र क्यामरुनले गरेका थिए । ओसेनिया क्षेत्रबाट भने कुनै पनि टोली सहभागी थिएनन् । उत्तर

      Lokaantar logoLokaantarPrivatestory18 publishers
    3. विश्वकपको रोमाञ्चक इतिहास: कसले उचाल्ला फुटबलको सबैभन्दा ठुलो ट्रफी ?

      विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकपको इतिहास सन् १९३० बाट सुरु भएको हो। आज विश्वकप केवल फुटबल प्रतियोगिता मात्र होइन, विश्वभरका करोडौँ समर्थकको भावना, गौरव र राष्ट्रिय पहिचानसँग जोडिएको महाउत्सव बनेको छ। पहिलो संस्करणदेखि लिएर आगामी २०२६ विश्वकपसम्म आइपुग्दा फुटबलले धेरै ऐतिहासिक क्षण, महान् खेलाडी र अविस्मरणीय प्रतिस्पर्धा देखिसकेको छ। सन् १९३० मा दक्षिण […]

    4. १३औँ फिफा विश्वकप : म्याराडोनाको जादूसामू नतमस्तक विश्व, ‘ह्यान्ड अफ गड’देखि ‘गोल अफ द सेन्चुरी’सम्म

      फिफा विश्वकपको १३औँ संस्करण सन् १९८६ को मे ३१ देखि जुन २९ तारिखसम्म मेक्सिकोमा आयोजना भएको थियो । योसँगै मेक्सिकोले दोस्रो पटक फिफा पुरुष विश्वकप आयोजना गर्ने पहिलो राष्ट्र बनेको थियो ।यो विश्वकपमा एसियाबाट इराक र दक्षिण कोरिया तथा अफ्रिकाबाट अल्जेरिया र मोरक्कोले भाग लिएका थिए । ओसेनिया क्षेत्रबाट भने कुनै पनि राष्ट्रको प्रतिनिधित्व थिएन । उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट क्यानडा र मेक्सिको सहभागी थिए ।यसैगरी, दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, पाराग्वे र उरुग्वे सहभागी थिए ।

      Lokaantar logoLokaantarPrivatestory18 publishers
    5. विवाद र रोमाञ्चकताले भरिएको १९८२ को विश्वकप- 'गिजोनको लज्जा'देखि इटालीको ऐतिहासिक उपाधिसम्म

      विश्वकपको १२औँ संस्करण सन् १९८२ को जुन १३ देखि जुलाई ११ तारिखसम्म स्पेनमा आयोजना भएको थियो । स्पेनमा पहिलो पटक आयोजना भएको यो विश्वकपमा २४ टोली सहभागी थिए ।एसियाबाट कुवेतले सहभागिता जनाएको थियो । अफ्रिकाबाट भने अल्जेरिया र क्यामरुनले भाग लिएका थिए । ओसेनिया क्षेत्रबाट न्युजिल्यान्ड सहभागी थियो ।उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट होन्डुरस र एल साल्भाडोरले भाग लिएका थिए । दक्षिण अफ्रिकी क्षेत्रको प्रतिनिधित्व अर्जेन्टिना, ब्राजिल, चिली र पेरुले गरेका थिए ।युरोपबाट अस्ट्रिया, बेल्जियम,

      Lokaantar logoLokaantarPrivatestory18 publishers
    6. ११औं फिफा विश्वकप- १९७८: ‘कन्फेटी’को वर्षाले सेताम्मे रंगशाला र अर्जेन्टिनाको पहिलो उपाधि

      विश्वकप फूटबलको ११ औं संस्करण सन् १९७८ को जुन १ देखि २५ तारिखसम्म अर्जेन्टिनामा आयोजना भएको थियो । विश्वकपको यो संस्करणमा पनि १६ टोली सहभागी थिए । कुल ३८ खेल खेलाइएको थियो ।यो विश्वकपमा एसियाको प्रतिनिधित्व इरानले गरेको थियो । अफ्रिकाबाट पनि एक मात्र राष्ट्र ट्युनिसिया सहभागी थियो । ओसेनियाबाट कुनै पनि राष्ट्रले सहभागिता जनाएको थिएन । उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रको प्रतिनिधित्व मेक्सिकोले गरेको थियो ।दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल र पेरु सहभागी थिए । युरोपबाट भने अस्ट्रिया

      Lokaantar logoLokaantarPrivatestory18 publishers
    7. १० औं फिफा विश्वकप-१९७४ : जब ‘टोटल फुटबल’को जादूमाथि हाबी भयो ‘जर्मन दृढता’

      फिफा विश्वकपको १० औं संस्करण सन् १९७४ को जुन १३ देखि जुलाई ७ तारिखसम्म पश्चिम जर्मनीमा आयोजना भएको थियो । प्रतियोगिताका खेल विभिन्न नौवटा शहरका रंगशालामा खेलाइएको थियो ।यो विश्वकपमा पनि १६ वटा टोलीले सहभागिता जनाएका थिए । एसिया तथा ओसेनिया क्षेत्रबाट अस्ट्रेलियाले सहभागिता जनाएको थियो । अफ्रिकाबाट भने जाइरले भाग लिएको थियो । उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रको प्रतिनिधित्व हाइटीले गरेको थियो ।यसैगरी, दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, उरुग्वे र चिलीले भाग लिएका थिए । युरोपबाट बुल्

      Lokaantar logoLokaantarPrivatestory18 publishers
    8. नवौं फिफा विश्वकप– १९७० : त्यो ‘स्वर्णिम युग’ जसले फूटबल ‘कला’ र ब्राजिललाई ‘अमर’ बनायो

      विश्व खेलकुदको इतिहासमा केही यस्ता क्षण हुन्छन्, जसले समयको लामो कालखण्ड पार गरेर पनि आफ्नो चमक गुमाउँदैनन् । त्यस्तै एक ऐतिहासिक र अविस्मरणीय क्षण हो, सन् १९७० को नवौँ फिफा विश्वकप ।विश्वकपको नवौँ संस्करण मे ३१ देखि जुन २१ तारिखसम्म मेक्सिकोमा आयोजना भएको थियो । विश्वकपको यो संस्करण विश्व फूटबलले आफ्नो उच्चतम कलात्मक स्वरूप प्रदर्शन गरेको एक ‘सांस्कृतिक महोत्सव’ पनि थियो ।यो विश्वकपमा ओसेनियाबाहेक अन्य सबै महादेशको प्रतिनिधित्व थियो । एसियाबाट इजरायल र अफ्रिकाबाट मोरक्को सहभागी थिए

      Lokaantar logoLokaantarPrivatestory18 publishers
    9. आठौं विश्वकप- १९६६: फूटबलको ‘जन्मभूमि’मा जब इतिहास रचियो

      सन् १९६६ को जुलाई महिना । फूटबलको जन्मभूमि मानिने इङ्ल्यान्डले पहिलोपटक फिफा पुरुष विश्वकप आयोजना गर्ने अवसर पायो ।आठौँ संस्करण जुलाई ११ देखि ३० तारिखसम्म आयोजना भएको थियो । विश्वकपको यो संस्करण खेलप्रेमीका लागि मात्र होइन, इतिहासकारका लागि पनि उत्तिकै चासोको विषय बनेको थियो ।अझै पनि रंगीन तस्वीरको जमाना आउन बाँकी नै थियो । दर्शकले खेल टेलिभिजनको ‘ब्ल्याक एन्ड ह्वाइट’ पर्दामै हेर्नुपर्ने बाध्यता पनि कायमै थियो ।तर, विश्वकपको यो संस्करणमा टेलिभिजनमा केही परिवर्तन भने भएको थियो । पहिलो

      Lokaantar logoLokaantarPrivatestory18 publishers
    10. सातौं फिफा विश्वकप–१९६२ :  भूकम्प, ‘सान्टियागोको युद्ध’ र ब्राजिलको ऐतिहासिक उपाधि रक्षा

      फिफा विश्वकपको सातौं संस्करण सन् १९६२ को मे ३० देखि जुन १७ तारिखसम्म आयोजना भएको थियो । यो विश्वकप दक्षिण अमेरिकी राष्ट्र चिलीमा आयोजना भएको थियो ।विश्वकपको यो संस्करणमा पनि एसिया र अफ्रिकाबाट कुनै राष्ट्र सहभागी थिएनन् । उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट मेक्सिको सहभागी थियो ।दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, चिली, कोलम्बिया र उरुग्वे सहभागी थिए । युरोपबाट भने १० राष्ट्रले भाग लिएका थिए ।युरोपबाट बुल्गेरिया, चेकोस्लोभाकिया, इङ्ल्यान्ड, हंगेरी, इटाली, सोभियत संघ, स्पेन, स

      Lokaantar logoLokaantarPrivatestory18 publishers
    11. छैटौं फिफा विश्वकप– १९५८: फूटबलको स्वर्णिम अध्याय, सर्वकालीन महान खेलाडी पेलेको उदय

      फिफा विश्वकपको छैटौँ संस्करण सन् १९५८ को जन ८ देखि २९ तारिखसम्म स्विडेनमा आयोजना भएको थियो । यो विश्वकपमा पनि १६ वटा टोलीले सहभागिता जनाएका थिए । १२ रंगशालामा कुल ३५ खेल खेलाइएको थियो ।विश्वकपको यो संस्करणमा एसिया र अफ्रिकाबाट कुनै पनि राष्ट्रले सहभागिता जनाएनन् । लामो समयपछि अर्जेन्टिना भने विश्वकपमा फर्किएको थियो । उत्तरी आयरल्यान्ड, सोभियत युनियन र वेल्सका लागि विश्वकपमा यो पहिलो सहभागिता थियो ।फूटबल इतिहासमा सन् १९५८ को विश्वकपलाई भुल्नै नसकिने क्षणको रूपमा लिइन्छ । यही संस्करणमार्फत विश्व फ

      Lokaantar logoLokaantarPrivatestory18 publishers
    12. पाँचौं फिफा विश्वकप–१९५४: ‘ब्याटल अफ बर्न’, हंगेरीको ‘स्वर्ण युग’ र जर्मनीको उदयबीचको टकराव

      फिफा पुरुष विश्वकपको पाँचौँ संस्करण सन् १९५४ को जुन १६ देखि जुलाई ४ तारिखसम्म स्विट्जरल्यान्डमा आयोजना भएको थियो । युरोपेली राष्ट्रमा विश्वकप आयोजना भएको यो तेस्रोपटक थियो ।पाँचौँ संस्करणमा सहभागी टोलीको संख्या बढाएर १६ पुर्‍याइएको थियो । एसियाको प्रतिनिधित्व दक्षिण कोरियाले गरेको थियो । यसरी दक्षिण कोरिया एसियाबाट विश्वकप खेल्ने दोस्रो राष्ट्र पनि बन्न पुगेको थियो । दक्षिण कोरिया स्वतन्त्र राष्ट्रका रूपमा विश्वकपमा सहभागी हुने पहिलो एसियाली देश पनि बन्यो ।यसपटक पनि अफ्रिकाबाट भने कुनै पनि र

      Lokaantar logoLokaantarPrivatestory18 publishers
    13. द्वितीय विश्वयुद्धपछि पहिलोपटक फर्किएको संस्करण, जसले फुटबलको स्वरूप नै बदल्यो

      प्रत्येक चार वर्षमा आयोजना हुनुपर्ने फिफा विश्वकपले यसबीचमा निकै लामो समय विश्राम लियो । कारण थियो, दूर्भाग्यपूर्ण द्वितीय विश्वयुद्ध । त्यसैले सन् १९३८ मा तेस्रो संस्करण सम्पन्न भएको १२ वर्षपछि सन् १९५० मा चौथो संस्करण आयोजना भएको थियो ।चौथो संस्करण जुन २४ देखि जुलाई २६ तारिखसम्म ब्राजिलमा आयोजना भएको थियो । सन् १९५० को फिफा विश्वकपलाई फुटबलको इतिहासमा मात्र होइन, विश्व राजनीति र खेलकुदको पुनर्जागरणको दृष्टिकोणले पनि निकै महत्त्वपूर्ण मानिन्छ ।द्वितीय विश्वयुद्धको विभीषिकापछि फर्किएको चौथो संस्

      Lokaantar logoLokaantarPrivatestory18 publishers
    14. विश्वयुद्धअघिको 'वर्ल्ड कप'– घरमै फ्रान्सको नमीठो अनुभव र इटालीका खेलाडीको ज्यानको प्रसंग

      क्रमश: उरुग्वे र इटालीलाई घरेलु मैदानमा उपाधि चुमाएपछि फिफा विश्वकपको तेस्रो संस्करण फ्रान्सेली भूमिमा पुगेको थियो । तेस्रो संस्करण सन् १९३८ को जुन ४ देखि १९ तारिखसम्म फ्रान्समा आयोजना भयो । दोस्रो विश्वयुद्धअघि आयोजना भएको यो अन्तिम विश्वकप थियो ।फ्रान्स फिफा विश्वकप आयोजना गर्ने इटालीपछिको दोस्रो युरोपेली राष्ट्र पनि बन्न पुग्यो । सन् १९३८ को जुन महिना । युरोपमा युद्धको कालो बादल मडारिइरहेको थियो । तर, फ्रान्सेली शहरका गल्लीहरूमा भने फूटबलको छुट्टै उन्माद थियो । तेस्रो फिफा विश्वकपको आयो

      Lokaantar logoLokaantarPrivatestory18 publishers
Historical Overview of FIFA World Cup Editions from 1930 to 1994 · K cha khabar