गृहमन्त्रीमाथि तुरून्त छानबिन गरियोस्, ढाकछोपले आघात पुर्याउनेछ- कांग्रेस
नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरूङमाथि तत्काल छानबिन गर्न माग गरेको छ।
Congress Demands Probe into Home Minister Sudhaan Gurung
नेपाली
नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङको सम्पत्तिको स्रोतसम्बन्धी आरोपहरूको तत्काल उच्चस्तरीय र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग सम्बद्ध कम्पनीमा गृहमन्त्रीको साझेदारी भेटिएपछि यो माग उठेको हो। पार्टीका प्रवक्ता देवराज चालिसेले सरकारलाई ढाकछोप नगर्न चेतावनी दिँदै पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधार भएको बताए।
English
Nepali Congress has demanded an immediate high-level independent investigation into Home Minister Sudhaan Gurung over allegations related to the source of his wealth. The demand follows reports linking Gurung to a company associated with controversial businessman Deepak Bhatt, who was arrested in a money laundering case. Congress spokesperson Devraj Chalise warned the government against any cover-up, stating that transparency and accountability are fundamental pillars of democracy.
नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरूङमाथि तत्काल छानबिन गर्न माग गरेको छ।
4 more headlines since

सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक भएको ठहर गर्दै कांग्रेसले गृहमन्त्री गुरुङको राजीनामा माग गरेको हो।...

नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसम्बद्ध कम्पनीमा साझेदारी भेटिएपछि छानबिनको माग गरेको छ।
७ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन प्रारम्भ गर्न सरकारसँग माग गरेको छ । कांग्रेसले सोमबार प्रेस विज्ञप्ति जारी गरेर गृहमन्त्री गुरूङमाथि लागेका आरोपहरूको ढाकछोप गरिए जनविश्वासमाथि गम्भीर आघात पुग्ने बताएको छ । ‘गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस्,’ प्रवक्ता […]

काठमाडौं– नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग जोडिएको सम्पत्तिको स्रोतसम्बन्धी उठेका आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन तुरुन्त सुरू गर्न सरकारसँग माग गरेको छ। पार्टीका प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय कार्यसमितिको अघिल्लो बैठकले मन्त्रीहरूको सम्पत्तिको स्रोतसम्बन्धी सार्वजनिक प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने निर्णय गरिसकेको छ। पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ हुन्।’ कांग्रेसले गृहमन्त्री […]