
आजदेखि भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै
भोजपुर– नवौँ संस्करणको भोजपुर गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । भोजपुर नगरपालिका–७ स्थित रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आज सशस्त्र प्रहरी बल (एपीएफ) नेपाल र एलएक्स सिटी मोरङबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा एपीएफ नेपाल, एलएक्स सिटी मोरङ, भोजपुर जिल्ला फुटबल सङ्घ, सङ्खुवासभा–११, सातदोबाटो युथ क्लब (ललितपुर), केपिलासगढी गाउँपालिका (खोटाङ), प्लानिङ ब्वाइज युनाइटेड (काठमाडौँ) […]
