अमेरिकी निर्वाचनअघि एआईको डेटा पहुँचले सुरक्षा चिन्ता बढायो
एन्थ्रोपिकको क्लाउड एआई मोडेलले अमेरिकी राज्य जर्जियाका मतदातासम्बन्धी तथ्याङ्कमा पहुँच गर्न भुक्तानी अवरोध (पेवाल) छल गरेको एक्सियोसले आइतबार जनाएको छ ।नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि प्रमुख एआई विकासकर्ताहरूका प्रणालीको सुरक्षालाई लिएर चिन्ता बढिरहेका बेला यो घटना सार्वजनिक भएको हो ।एक्सियोसका अनुसार, एन्थ्रोपिकका प्रवक्तालाई उद्धृत गर्दै क्लाउडले जर्जियाका मतदाताको कुल सङ्ख्यासम्बन्धी तथ्याङ्क पहुँच गरेको थियो । जर्जियामा १० लाखभन्दा बढी मतदाताले प्रारम्भिक मतदान गरिसकेका छन्
