निर्वाचित हुन नसके पनि युवाको आवाज बुलन्द गर्ने मेरो संकल्प कमजोर भएको छैन : सौगात थापा
नेपाली कांग्रेसको ३५ वर्ष मुनिको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सौगात थापाले आफूलाई मत दिने महाधिवेशन प्रतिनिधि र समर्थन गर्ने सबैलाई आभार व्यक्त गरेका छन्। उनले निर्वाचनको परिणामलाई हारका रूपमा मात्र नलिई राजनीतिक यात्रालाई थप परिपक्व र सशक्त बनाउने अवसरका रूपमा लिएको बताएका हुन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले युवाको आवाज बुलन्द गर्ने आफ्नो संकल्प कमजोर नभएको उल्लेख गरेका छन्। राजनीतिमा एउटा निर्वाचन अन्तिम गन्तव्य नभई यात्राको एउटा मोड मात्र

