पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा आफू रहेकाले पदको घमण्ड र स्वार्थ नभएको बताएका छन्।जेनजी आन्दोलनका सहिद विनोद महर्जनको सालिक अनावरण कार्यक्रममा मंगलबार उनले सहिदको सम्मान र जनताको सपना पूरा गर्न आफू राजनीतिक नेतृत्वमा आएको बताए।“म सरकारमा पद र सत्ता उपभोग गर्न नभई नेपाली जनताको सेवा गर्न आएको हुँ। गृहमन्त्रीको कुर्सीलाई पदभन्दा बढी जिम्मेवारीका रूपमा लिएको छु,” उनले भने।उनले सरकार नागरिक दुःखमा पर्दा भाषण गरेर मात्र नभई आफैँ घटनास्थलमा पुगेर काम गर्नु
