
अन्तिम फोन कलको त्यो वाचा : बाढी गएको नौ दिन बित्दा पनि अब्दुलको बाटो हेर्दै परिवार
रुपन्देही । ‘अब चार दिनपछि घर आउँछु, यहाँको काम सकिन लाग्यो।’ भदौ ९ गते राति श्रीमतीसँग फोनमा कुरा गर्दा २८ वर्षीय अब्दुल खानको स्वरमा घर फर्किने खुसी झल्किएको थियो। तीन महिनादेखिको काम सकेर परिवारको न्यानो काखमा फर्किने
