
धुलिखेल कल्याणकारी सेवा समाजको अध्यक्षमा भगवती तिमल्सिना
काभ्रे । धुलिखेल कल्याणकारी सेवा समाजको अध्यक्षमा पत्रकार तथा समाजसेवी भगवती तिमल्सिना निर्विरोध निर्वाचित हुनुभएको छ । समाजको दशौं वार्षिकोत्सव तथा छैटौं साधारण सभाले तिमल्सिनाको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । शनिबार धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयको योगाहलमा सम्पन्न साधारण सभाले उपाध्यक्षमा परशुराम गोदार थापा, सचिवमा खड्गबहादुर (जीवन) श्रेष्ठ, कोषाध्यक्षमा ममता लामा […]
