चलचित्र 'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ' सार्वजनिक
आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘बेहुली’को प्रमोशनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक गरिएको छ ।शुक्रबार काठमाडौंको चाबहिलस्थित एफक्यूब सिनेमा हलमा एक कार्यक्रमका बीच लोक फ्लेभरको गीत सार्वजनिक गरिएको हो ।गीतमा यस चलचित्रका निर्मातासमेत रहेका संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओडको स्वर रहेको छ। गीतमा नरेश बीबीसीको मिस्किङ तथा मास्टरिङ रहेको छ।‘कुल ब्वाई’का रूपमा अत्यधिक

