मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
जिल्ला प्रशासन कार्यालय, मकवानपुरले कार्यालयबाट प्रदान गरिने सबै सेवा एकद्वार प्रणालीबाट दिन शुरू गरेको छ ।राज्यबाट आम जनतालाई प्रदान गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यका साथ एकै ठाउँबाट सेवा लिन सक्ने व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।'जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सबै सेवाका लागि अब सेवाग्राहीले कोठा-कोठा धाउनुपर्ने अवस्था अन्त्य गरेका छौं,' उनले भने, 'सेवाग्राहीले एकै ठाउँबाट आफ्नो काम सम्पन्न गरी फर्कन सक्ने व्यवस्था मि
