
'डीभी' र 'पीआर' लिएका कर्मचारी 'बर्खास्त' गर्ने प्रक्रिया सुरु, अनुसन्धानको घेरामा को को
सरकारले चारजना कर्मचारीलाई बर्खास्त गर्ने प्रक्रिया थालेको बताइरहँदा लोकसेवा आयोगका पूर्व अध्यक्षले अझै पनि प्रशस्तै कर्मचारीहरूसँग विदेशका स्थायी बसोबास अनुमति, 'पीआर' रहेको र सरकारी संयन्त्रहरूले त्यस विषयमा कडाइका साथ जाँच गर्नुपर्ने बताएका छन्।

