'नसिहत' पाएकाहरू बैंकको सीईओ र सञ्चालक बन्न अयोग्य !
सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकबाट 'सचेत' वा 'नसिहत' सजाय पाएका बैंक तथा वित्तीय संस्थाका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरू पदका लागि अयोग्य हुने फैसला गरेको छ ।अधिवक्ता मधुकुमार चौलागाईंले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चले सिधै पदमुक्त गर्नुपर्ने रिट निवेदकको माग खारेज गरे पनि बैंकका पदाधिकारीहरूको अयोग्यता र कानुनी कारबाहीबारे महत्वपूर्ण व्याख्यासहित निर्देशनात्मक आदेश जारी गरेको हो।न्यायाधीशद्वय डा. नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८
