
कैलाश मानसरोवर यात्राबारे भारतको चेतावनी, नेपालमा अलपत्र परे भारतीय तीर्थयात्री
काठमाडौं। भारतको विदेश मन्त्रालयले निजी टुर अपरेटरमार्फत कैलाश मानसरोवर यात्रा गर्ने भारतीय नागरिकका लागि विशेष यात्रा चेतावनी (एडभाइजरी) जारी गरेको छ। मन्त्रालयले हालै निजी टुर अपरेटरहरूले आयोजना गरेका कैलाश मानसरोवर यात्राका क्रममा नेपालमा अलपत्र परेका धेरै भारतीय नागरिकबाट सहयोग तथा उद्धारसम्बन्धी अनुरोध प्राप्त भएको जनाएको छ। विदेश मन्त्रालयका अनुसार ती यात्रुहरू चीन प्रवेशका लागि आवश्यक […]