केप भर्डे नकआउट चरणमा, अब अर्जेन्टिनासँग भिड्ने
फुटबल विश्वकपमा टोली संख्या थप्ने फिफाको निर्णयमाथि शंका गर्नेहरूका लागि यो विश्वकप एउटा गतिलो जवाफ बनेको छ । मात्र ५ लाख जनसंख्या भएको अफ्रिकी टापु राष्ट्र केप भर्डेले विश्वकप इतिहासकै सबैभन्दा ठूलो चमत्कार गर्दै नकआउट चरणमा पुगेर इतिहास रचेको छ। यसलाई सन् २०१६ मा लेस्टर सिटीले प्रिमियर लिग जितेयताकै फुटबल इतिहासको सबैभन्दा ठूलो र अविश्वसनीय उपलब्धि मानिएको छ।शनिबार बिहान साउदी अरेबियाविरुद्ध गोलरहित बराबरी खेल्दै केप भर्डे विश्वकपको नकआउटमा पुग्ने इतिहासकै सबैभन्दा सानो देश बनेको हो ।&nbs