शत्रु–षडयन्त्र विफल पार्न एकता आवश्यक : खमेनी
काठमाडौँ- इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खमेनीले देशविरूद्ध भइरहेका बाह्य षडयन्त्रलाई निष्प्रभावी बनाउन राष्ट्रिय एकता र आपसी विश्वास अपरिहार्य रहेको बताएका छन्। इरानका इस्लामिक गणतन्त्रका संस्थापक इमाम खोमेनीको ३७ औँ वार्षिक स्मृति दिवसका अवसरमा आयोजित समारोहमा प्रस्तुत गरिएको सन्देशमा उनले यस्तो बताएका हुन्। इरानी समाचार एजेन्सी तसनीमका अनुसार सर्वोच्च नेता खमेनीले आफ्नो सन्देशमा सबै नागरिकलाई […]
