श्रीमान्को हत्या आरोपमा श्रीमतीसहित तीन पक्राउ
बागलुङको जैमिनीमा मजदुरको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सोमबार जिल्लाको जैमिनी नगरपालिका–१० राङखानी हाडीकोटमा मजदुरी गर्दै आएका लमजुङको क्व्होलासोथार गाउँपालिका–६ का ६२ वर्षीय देउबहादुर सार्कीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमतीसहित तीन जनालाई प्रक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार सार्कीकी श्रीमती २६ वर्षीया लक्ष्मी नेपाली, पोखरा महानगरपालिका–२६ जलधारेका ३८ वर्षीय रामआकाश विश्वकर्मा र मादी

