‘बुकहिल ब्यालेड्स’मा गुञ्जिँदै दीप श्रेष्ठ
प्रसिद्ध गायक एवं सङ्गीतकार दीप श्रेष्ठले आफ्नो जीवनका महत्त्वपूर्ण गीतहरू सङ्गीत पारखीमाझ प्रस्तुत गर्ने भएका छन् । बुकहिल पब्लिकेशनले शुरूआत गर्न लागेको साङ्गीतिक कार्यक्रम ‘बुकहिल ब्यालेड्स’को पहिलो शृङ्खलामा श्रेष्ठले आफ्ना गीत फरक शैलीमा प्रस्तुत गर्न लागेका हुन् ।यही जेठ २९ गते शुक्रबार काठमाडौंको शिल्पी थिएटरमा आयोजना हुने ‘बुकहिल ब्यालेड्स : दीप श्रेष्ठ- म पत्थरको देवता होइन’ कार्यक्रममा गायक एवं सङ्गीतकार श्रेष्ठले २०२५ सालदेखि आजसम्मको आफ्नो साङ्गीतिक जीवनक