
एमालेको अडान- प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती छ, सदनमा उभिएर माफी माग्नुपर्छ
नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रधानमन्त्री बालेन शाहले सदनमा आएर माफी माग्नुपर्ने बताएकी छन्।
नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै तत्काल राजीनामा दिन माग गरेको छ। राष्ट्रियसभामा बोल्दै सांसद पद्मा अर्यालले प्रधानमन्त्रीको भनाइले राष्ट्रिय गरिमामा आँच पुर्याएको भन्दै संसद्मा माफी माग्न आग्रह गर्नुभयो। प्रतिपक्षी दलले प्रधानमन्त्रीको राजीनामा नआएसम्म सदनको गरिमा कायम नहुने अडान लिएको छ।
Summary by Jayaman

नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रधानमन्त्री बालेन शाहले सदनमा आएर माफी माग्नुपर्ने बताएकी छन्।
2 more headlines since

नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति राष्ट्रघाती भएको बताउँदै तत्काल संसद्मा माफी माग्नुपर्ने अडान लिएको छ।...
“राष्ट्रघाती र आत्मसमर्पणवादी सोच कदापी स्वीकार्य हुने छैन । प्रधानमन्त्रीज्यूले तत्काल सदनमा आएर जनतासँग माफी माग्नुपर्छ । आफ्नो अभिव्यक्ति अभिलम्ब फिर्ता लिनुपर्छ,” उनले भनिन्, “नैतिकपतन स्वीकार गर्दै प्रधानमन्त्रीजस्तो पदको गरिमा उच्च राख्नका लागि तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ ।”