Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Maylast: 25 May

कैलालीमा रोकिराखेको ट्याक्टर सडकबाट खस्दा ९ वर्षीया बालिकाको मृत्यु

कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टामा आइतबार बेलुकी रोकिराखेको ट्याक्टर सडकबाट खस्दा एक ९ वर्षीया बालिकाको मृत्यु भएको छ। ढुंगा लोड गरी राखिएको भे १ त ९०८१ नम्बरको ट्याक्टर अचानक सडकबाट करिब १५ मिटर तल खसेको थियो। नजिकैको धाराबाट पानी भरेर घरतर्फ जाँदै गरेकी ती बालिका ट्याक्टरले थिचिएर दुर्घटनामा परेकी हुन्। प्रहरीका अनुसार ट्याक्टर अचानक गुड्न थालेपछि यो दुखद घटना भएको हो।

Summary by Jayaman

TopicsKailali
2publishers
2headlines
Span: 3 hoursNE onlyUpdated 25 May
Covered by
Broke on K cha khabarSetopati logoSetopati

रोकिराखेको ट्याक्टर पल्टिँदा बालिकाको मृत्यु

कैलालीमा रोकी राखेको ट्याक्टर सडक बाट खस्दा पानी बोकेर घर तर्फ जाँदै गरेकी एक बालिकाको मृत्यु भएको छ।

social2 publishers
Coverage

1 more headline since

    1. ट्याक्टर सडकबाट खस्दा बालिकाको मृत्यु

      काठमाडौँ- कैलालीमा रोकी राखेको ट्याक्टर सडकबाट खस्दा पानी बोकेर घर तर्फ जाँदै गरेकी एक बालिकाको मृत्यु भएको छ। आइतबार बेलुकी जिललको मोहन्याल गाउँपालिका –६ सोल्टामा भे १ त ९०८१ नम्बरको ढुंगा लोड गरी रोकी राखेको ट्याक्टर अचानक सडकको बाँया तर्फ अन्दाजी १५ मिटर तल खस्दा नजिकै रहेको धाराबाट पानी लिएर घरतर्फ जाँदै गरेकी स्थानीय ९ […]

Nine-Year-Old Girl Dies After Parked Tractor Falls Off Road in Kailali · K cha khabar