Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

78 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Past hour

2

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग

रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको दुःखद परिस्थितिमा सरकारको राहत, उद्धार तथा पुनः स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कोषले उक्त रकम जम्मा गरेको बताइएको छ ।

रसुवा बाढी पीडितका लागि नबिल बैंकको रक्तदान कार्यक्रम

एक जिम्मेवार संस्थाका रूपमा नबिल बैंक पीडित समुदायसँग ऐक्यबद्धता जनाउँदै उहाँहरूको साथमा उभिएको बैंकका प्रमुख मानव संसाधन अधिकृत दिवस कार्कीले बताए । उनले यस रक्तदान कार्यक्रममार्फत हामी जारी मानवीय सहायता कार्यमा योगदान पुर्‍याउनुका साथै यस कठिन घडीमा जीवन बचाउने प्रयासहरूमा सहयोग पुग्ने बताए ।

Nepal Press logoNepal PressPrivate6 publishers

1–3 hours ago

2

‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

नारायणगढ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २ सय ८० शवको ‘फरेन्सिक’ परीक्षण तथा ‘डिएनए’ नमूना सङ्कलन गरी चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ । भरतपुर अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार भदौ १० गते रातिदेखिनै सुरक्षाकर्मीले त्रिशूली नदीबाट सङ्कलन गरेका […]

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ । विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई विशेष ख्याला राख्दै उनीहरुलाई आवश्यक स्वास्थ्य सेवा, ‘डिग्निटी कीट’, मनोसामाजिक परामर्श लगायत सेवा प्रभावित क्षेत्रमा प्रदान गर्न थालिएको छ । भदौ १० गते बिहान भोटेकोशीसहित त्रिशूली नदीमा आएको अकल्पनीय बाढीमा बच्न सफल भएका उनीहरुलाई संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) को सहकार्यमा नेपाल रेडक्रस सोसाइटीका […]

Yesterday

30

विष्णुमति र धोवीखोलामा सतर्कता आह्वान, बाढीको जोखिम

काठमाडौँ । अविरल वर्षाका कारण काठमाडौँको नदी तटीय क्षेत्रमा जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार राति ८ः४० बजे सूचना जारी गर्दै महाशाखाले विष्णुमति, धोवीखोलासहितका क्षेत्रमा सतर्कता अपनाउन भनेको हो । गोङ्गबु जलमापन केन्द्रमा जलसतह खतरा तह नजिक पुगेको महाशाखाले जनाएको छ ।

वैदेशिक रोजगार व्यवसायीबाट बाढीपीडितका लागि डेढ करोड सहयोग

काठमाडौँ । रसुवा बाढी तथा पहिरोपीडितको राहत तथा पुनःस्थापनाका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सञ्चालन गरेको सहयोग अभियानबाट रु. १ करोड ५० लाख सङ्कलन भएको छ। संघका अनुसार अभियानमा संस्था, व्यक्तिगत, शाखा तथा विभिन्न विदेशी संस्थासमेत गरी हालसम्म ५२० भन्दा बढी व्यवसायी तथा संस्थाको सहभागिता रहेको छ। सहयोग प्राप्त हुने क्रम अझै जारी रहेको […]

चार दिनमा १ अर्ब ३० करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग जम्मा

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गर्दै विभिन्न ८३ वटा उद्योगी तथा व्यापारिक समूह र परोपकारी व्यक्तिहरूले उक्त रकम सरकारलाई उपलब्ध गराएका हुन् । रसुवाका बाढीपीडितका लागि खर्च गर्ने उद्देश्यले सो रकम प्रदान गरिएको हो । […]

बाढीपीडितको सहारामा अनेरास्ववियु, राहत सामग्रीसहित रसुवा प्रस्थान

काठमाडौँ । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि अनेरास्ववियुले राहत अभियानलाई निरन्तरता दिएको छ । नुवाकोटका प्रभावित क्षेत्रमा राहत वितरण गरिसकेको अनेरास्ववियुले यसपटक राहत सामग्रीसहित विद्यार्थी नेताहरूको टोली रसुवातर्फ पठाएको हो । अनेरास्ववियुका अनुसार टोलीले ५० वटा सिरक, ३० वटा ठूलो डसना, ५० पेटी चाउचाउ, ५० किलो चिउरा, २० कार्टुन औषधि, १० कार्टुन फलफूल, […]

प्रधानमन्त्री राहत कोष विश्वसनीय र प्रभावकारी भएन, एमालेले छलफल गर्दै छ : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बाढी पीडितको सहयोगार्थ बनाइएको प्रधानमन्त्री राहत कोष विश्वसनीय र प्रभावकारी नभएको आरोप लगाएका छन् । कोषमा पैसा थुप्रिए पनि त्यसको प्रभावकारी परिचालन नभएको र पिडितसम्म नपुगेको उनको भनाइ छ । प्रधानमन्त्री राहत कोषमा व्यक्ति, संघ-संस्था तथा राजनीतिक दलहरुले समेत पैसा जम्मा गरिरहँदा एमालेले अहिलेसम्म गरेको छैन । आझ […]

बाढी प्रभावितलाई निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीले कति गर्दै छन् सहयोग ?

काठमाडौं । भोटेकोशी बाढीपीडितलाई राहत प्रदान गर्ने कार्यमा सहयोग पुर्‍याउन निर्वाचन आयोगका पदाधिकारीले १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने भएका छन् । आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार भदौ ११ गतेको सचिव बैठकको निर्णयबमोजिम आयोगका सचिव र सहसचिवहरूले १० दिनको, उपसचिव र अधिकृत स्तरका कर्मचारीले ७ दिनको, नायब सुब्बा र […]

प्रधानमन्त्रीसँग भेटपछि शीतल निवास पुगे रवि, उद्धार-राहत लगायतका विषयमा ब्रिफिङ

रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् ।

नेपालमा बाढीको त्रास कायमै, हिमनदी भत्किन सक्ने भन्दै चीनले दियो चेतावनी

काठमाडौं। नेपालमा केही दिनअघि आएको विनाशकारी बाढीपछि हिमनदी खसेर बनेको पहाडी खाडल आसपासका अन्य हिमनदीसमेत भत्किन सक्ने जोखिम रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। चिनियाँ सरकारी प्रसारक सीसीटीभीले चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै सोमबार खाडलबाट करिब २.५ किलोमिटर तल रहेका साना–साना पानीका जलाशय क्षेत्र निरन्तर भरिएर बाहिरिन थालेको जनाएको छ। ती सबै क्षेत्र अहिले पानी ओभरफ्लो […]

सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपदबाट प्रभावित परिवारहरूको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि सफ्टी हाइजिन प्रालीले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकमको चेक कम्पनीका सञ्चालक विजय पोखरेल र सुबास भण्डारीले अर्थमन्त्री डा. […]

ड्यूटीमै रहेका हवल्दार दीपेन्द्रलाई बाढीले निल्यो, बेसहारा बन्यो परिवार

१३ वर्ष प्रहरी सेवा पूरा गरेका विष्टको साढे २ वर्षकी छोरी, श्रीमती र बिरामी बुवाआमा उनैले कमाइमा आश्रित थिए। तर, भदौ १० गते रसुवाको बाढीमा बेपत्ता भएका सहायक हवल्दार विष्टको शव गोरखामा भेटिएर पोखरामा सनाखत भएसँगै आइतबार घर ल्याएर अन्त्येष्टि गरिएको छ।

शिवम् सिमेन्टद्वारा २१ लाख राहत प्रदान, पुनर्निर्माणका लागि ११ हजार बोरा सिमेन्ट

काठमाडौं । विनाशकारी बाढीबाट प्रभावितहरूको राहत तथा पुनर्निर्माणका लागि शिवम् सिमेन्ट लिमिटेड र यसको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले सहयोग प्रदान गरेको छ । कम्पनीले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ‘संस्थागत सामाजिक उत्तरदायित्व’ अन्तर्गत सहयोगको हात अगाडि बढाएको हो। शिवम् सिमेन्ट लिमिटेडले नेपाल सरकारसँगको समन्वयमा बाढी प्रभावित परिवारहरूको आवास पुनर्निर्माणका […]

हिमालयन बैंक लिमिटेडद्वारा रसुवा बाढी पीडितहरूको सहायताको लागि ३ करोड १ लाख आर्थिक सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले भोटेकोशी नदीमा अचानक आएको गेग्र्यान सहितको बाढीबाट भोटेकोशी र त्रिशूली नदी किनारका तथा अन्य प्रभावितहरूको सहयोगको लागि आर्थिक सहायता प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा प्रभावितहरूको उद्धार, सहायता तथा पुनर्स्थापनाका लागि रु ३ करोड १ लाख आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको […]

तनहुँमा भेटिएका शव पनि जमिनमुनी व्यवस्थापन गरिँदै

तनहुँ । रसुवा बाढीमा बगेर संकलित शवहरुलाई तनहुँमा पनि जमिनमा पुरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार ती शव जमिनमा पुरिने भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी सहायक सीडीओ दीपक रेग्मीले बताए । त्रिशुली नदीको बहावअन्तर्गत तनहुँ जिल्लामा पर्ने आबुखैरेनी र देवघाट खण्डमा ३८ वटा शव भेटिएका थिए । तीमध्ये दुईवटा शवका […]

रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन

जिल्लाको कालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति पुनः सुचारु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। यसैगरी गोसाईंकुण्ड गाउँपालिकाअन्तर्गत धुन्चे, भार्खु तथा गोसाईंकुण्ड क्षेत्रमा समेत विद्युत् सेवा सञ्चालनमा आएको छ।

कोशीका सचिवलाई शव व्यवस्थापनका लागि रसुवा पठाउने सरकारको निर्णय आवेशपूर्ण : विश्वप्रकाश

काठमाडौं । सरकारले कोशी प्रदेशका सचिवलाई शव व्यवस्थापनको जिम्मेवारी दिएर रसुवा पठाइएकोप्रति कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले आलोचना गरेका छन् । मानवीय विपत्तिको घडीमा सरकारले आवेगमा निर्णय लिएको उनको टिप्पणी छ । कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोषहरी निरौलालाई संघीय सरकारकी सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले हिजो रसुवामा काज सरुवा गरेकी थिइन् । निरौलाले […]

भोटेकोशी बाढीपीडित ७४ परिवारलाई २ लाख राहत

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित भोटेकोशी गाउँपालिकाका ७३ बेपत्ता परिवार र एक मृतक परिवारलाई गाउँपालिकाले प्रतिपरिवार २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। गाउँ कार्यपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाको अध्यक्षतामा भदौ १५ गते बसेको आकस्मिक बैठकले गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय […]

प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

सेनाले ३३० जनाको जिवित उद्धार गर्‍यो, हाईड्रोका सुरुङबाट रित्तो हात फर्कियो

काठमाडौं । रसुवा बाढीका क्रममा विभिन्न स्थानमा फसेका ३३० मानिसको नेपाली सेनाले जिवित उद्धार गरेको छ । रसुवागढी हाईड्रो पावर कम्पनीको सुरुङ्गमा कोही पनि नभेटिएपछि सेना रित्तो हात फर्किएको छ । सैनिक मुख्यालयद्वारा जारी अपडेटअनुसार सोमबार दिउँसो १ः३० सम्मा ३३० जनाको उद्धार गरेको हो । सेनाले त्रिशूली-३ हाइड्रो पावरको टनेलमा करिब १५ मिटरभित्र विज्ञ फौजसहित […]

रसुवागढी हाइड्रोको सुरुङमा कोही नभेटिएपछि धुन्चे फर्कियो उद्धार टोली

सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको बताइएको छ ।

अपर त्रिशूली-१ का इन्जिनियर सचिन गौतम बेपत्ता, खोजीका लागि परिवारको हारगुहार

काठमाडौं । विनाशकारी बाढीपछि सम्पर्कविहीन सुनसरीको दुहबी-४ घर भएका इन्जिनियर सचिन गौतमको छैटौँ दिनसम्म पनि कुनै अत्तोपत्तो छैन । परिवारले निरन्तर खोजीका लागि आग्रह गरिरहे पनि सचिनको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन । २६ वर्षीय सचिन करिब डेढ वर्षदेखि रसुवास्थित अपर त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत् आयोजना कोरियन डुसन कम्पनीमा इन्जिनियरका रूपमा […]

सेनापतिसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ, अन्य सुरक्षा प्रमुखसँग पनि छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् । शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका मामिलामा ब्रिफिङ लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अहिले केहीबेरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग साथै नेपाल प्रहरीका […]

छैटौँ दिनसम्म पनि भेटिएनन् हेमन्तराज, खोजबिनका लागि परिवारको हारगुहार

काठमाडौं । अपर त्रिशूली-३ बी जलविद्युत् आयोजनामा सम्पर्कविहीन भएका इन्जिनियर हेमन्तराज जोशीको अवस्थाबारे छैटौँ दिन सम्मपनि परीवारका सदस्यले कुनै सूचना पाएका छैनन् ।। हेमन्तराजको खोजी तीव्र बनाउन परिवारले सरकारसँग सम्पूर्ण स्रोत–साधन परिचालन गर्न आग्रह गरेको छ। परिवार अहिले एउटा फोनको प्रतीक्षामा छ- ‘हेमन्त भेटिनुभयो।’ हेमन्तकी श्रीमती हृदयश्वरी जोशी तथा बहिनीहरू सावित्री जोशी, सरिता जोशी र […]

बाढी प्रभावित क्षेत्रका कोरियामा रहेका नेपालीलाई विवरण बुझाउन दूतावासको आग्रह

काठमाडौं । नेपालको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रत्यक्ष प्रभावित भई तत्काल स्वदेश फर्किनुपर्ने अवस्थामा रहेका नेपालीलाई दक्षिण कोरियास्थित नेपाली दूतावासले आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ। दूतावासले एक सूचना जारी गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला स्थायी ठेगाना भएका तथा कम्पनीबाट बिदा वा अनुमति नपाएर समस्यामा परेका श्रमिकहरूलाई आवश्यक समन्वय […]

भोटेकोशी बाढीः मानवीय क्षति ९०३, चार हजारभन्दा बढी सम्पर्कविहीन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९ सय ३ जनाको निधन भएको पुष्टि गरेको छ ।

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनहरुको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ । भदौ १० गते विहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारणले १११ मेगावाट क्षमताको आयोजनामा कार्यरत ९३ जना सम्पर्कविहीन भएका छन् । नेपाली सेनाको हेलिकप्टरबाट प्राविधिक तथा विज्ञ टोलीमार्फत् रेकी गर्नेलगायतका काम भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको निजी […]

भोटेकोशी बाढीः पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन सुरु गरेको छ । बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालनमा ल्याएको हो । उद्धारका लागि सवारीसाधन आवश्यक परेमा वा राहत सामग्री ओसारपसार गर्नुपरेमा महासङ्घले सुवन गिरी (९८५१०८१३८२), श्री […]

पहिरो विभिन्न स्थानका सडकमा यातायात अवरुद्ध

काठमाडौँ । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरस्थित त्रिशूली नदीले कटान गर्दा सडक भासिन गई मानिससमेत आवतजावत गर्न नसक्ने गरी पूर्ण रुपमा अवरुद्ध भएको छ । त्यसैगरी धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा पनि बाढीको कारण सडकको तल्लो भाग […]

भोटेकोशी बाढीः तीन हजारको उद्धार, एक हजार पाँचसयभन्दा बढी बेपत्ता

भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा बढीको उद्धार गरिएको छ ।

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन । रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवहरूमध्ये सनाखत हुन नसकेका १ सय ९९ वटा शवको व्यवस्थापन गरिएको छ । भरतपुर महानगरपालिका–१ देवघाट जङ्गलमा ती शवको आइतबार रातिसम्म व्यवस्थापन गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका २ सय ७२ शवमध्ये १ सय ९९ […]

त्रिशूली ३ए मा बिहान ३ बजे ब्लास्टिङ, पानीले भरिएको सुरुङमा छिर्न समस्या

भोटेकोशी बाढीले क्षतिग्रस्त त्रिशूली जलविद्युत् ३ ए मा आज बिहान ३ बजे ब्लास्टिङ गरिएको छ ।

Older

44

बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप कोषमा सवा ५ अर्ब जम्मा

काठमाडौँ । बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा हालसम्म रु ५ अर्ब २४ करोड ६९ लाख ४४ हजार सङ्कलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष तथा प्रधानमन्त्री कोषमार्फत बाढीपीडितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ। कार्यालयले सञ्चालनमा ल्याएको ‘उद्धार अनुरोध […]

बाढीले खोसेका जीवन, माटोले छोपिँदै छन् पहिचान (फोटो फिचर)

चितवन प्रशासनले रसुवा बाढीले बगाएर चितवन ल्याइएका शवको माटो मुनि व्यवस्थापन गरेको छ । जिल्लामा भेटिएका २ सय ७२ शवमध्ये १ सय ६२ वटा शव देवघाट स्थित चितवनतर्फको जङ्गलमा माटोमुनि व्यवस्थापन गर्ने निर्णय हो ।

शव व्यवस्थापनबारे सरकारलाई ‘फोकटको सल्लाह’ दिएका कोशीका सचिवको टिमुरेमा काज सरुवा

रसुवा बाढीमा परि मृत्यु भएकाहरुको शव व्यबस्थापनको बिषयमा आलोचनात्मक टिप्पणी गरेका कोशी प्रदेश सरकारका सचिव कोषहरी निरौलालाई सरकारले काज सरुवा गरिदिएको छ ।

बाढी प्रभावित क्षेत्रमा अनावश्यकरूपमा नजान रास्वपा सांसदहरूलाई रविको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरूलाई अनावश्यक रूपमा बाढी प्रभावित क्षेत्रमा नजान निर्देशन दिएको छ । केही सांसद तथा नेताहरू प्रभावित क्षेत्रमा पुगेर खिचेको फोटोका कारणले सामाजिक सञ्चालनमा आलोचना भएपछि रविले सचेत गराएका हुन् । आज सभापति रवि लामिछानेले पार्टीका शीर्ष नेताहरूको छलफलमा पनि यसबारेमा चासो राखेका थिए । पार्टीको तर्फबाट अहिलेसम्म भए […]

बाढीले बगाएर ल्याएको माछा अस्वस्थकर हुन सक्छन्, सकेसम्म नखान स्वास्थ्यविदको सुझाव

काठमाडौं । गत बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले हजारौँ मानिसहरूलाई पनि बगायो । थुप्रै अन्य जिवजन्तुहरु पनि बगे । भोटेकोशीको बाढीले बगाएर ल्याएका मानिसहरूका शवसँगै ठूला–ठूला माछा पनि नदी किनारमा थुप्रिएका छन् । नदी किनारका बस्तीमा माछा समात्नेको भीड नै लागेकाे छ । मानिसको शवभन्दा पहिला माछा समात्न तछाडमछाड भएको पनि देखियो । बोक्नै […]

बाढी प्रभावित पालिका अध्यक्षलाई रवि लामिछानेको फोन, के भयो कुराकानी ?

रास्वपा सभापति रवि लामिछानेले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका पालिका अध्यक्षहरूसँग टेलिफोन संवाद गरेका छन्।

चितवनको होल्डिङ सेन्टर खाली गरेर सबै शव जमिनमुनि व्यवस्थापन गरिने

चितवनमा भेटिएका २ सय ७२ मध्ये १ सय ६२ शव जमिनमुनि व्यवस्थापन गरिने भएको छ ।

सरकार राज्यको सामर्थ्य कब्जा गरेर बस्यो, अदृश्य बन्यो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले बाढी प्रभावितको उद्धार र राहतमा राज्यको कोष प्रयोग गर्नुपर्ने बताएका छन्। पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै तीन तहको सरकार मिलेर काम गर्नुपर्ने बताए। उनले भने, ‘सरकारको अर्थ नै परेका बेला राज्यको कोष उदारतापूर्वक नागरिकको उद्धारमा, राहतमा र पुनर्निर्माणमा खर्च गरोस्। सरकारका विभिन्न तहहरूको पनि दायित्व हो। राजधानी […]

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ: परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताएका छन् । बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि आज विदुर नगरपालिका–१, ढुङ्गे आइपुगेका उनले भने, “प्रारम्भिक जानकारी अनुसार केरुङमा एक हजार जना नेपाली हुनुहुन्छ भन्ने सूचना छ, उहाँहरूलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउँछौँ ।” सिन्धुपाल्चोकस्थित तातोपानी नाका सञ्चालन गर्न […]

बाढीको कहर : ७५२ शव भेटियो, विद्युत आयोजनाका ९३३ जना अझै बेपत्ता

काठमाडौं । भीषण बाढीका कारण मृत्यु हुनेमध्ये हाालसम्म ७५२ जनाको शव भेटिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको दिउँसो १:०० बजेसम्मको अपडेट सार्वजनिक गरेको अद्यावधिक तथ्यांकअनुसार बाढीका कारण हालसम्म ७५२ जनाको मृत्यु भएको पुष्टि भएको छ । सबैभन्दा बढी चितवनमा २५९ जनाको शव फेला परेको छ । यसैगरी, नवलपरासी पूर्वमा […]

‘उद्धार अनुरोध’ पोर्टलमा १५ हजारभन्दा बढी हराइरहेको रिपोर्ट, वास्तविक संख्या कति ?

काठमाडौं । भोटेकोशीमा बाढी आएको पाँचौं दिनसम्म अझै ठूलो संख्यामा मानिसहरू हराइरहेका छन् । हराउनेहरूको तुलनामा भेटिनेहरूको संख्या अत्यन्त न्यून छ । प्रधानमन्त्री कार्यालय अन्तर्गत राखिएको ‘उद्धार अनुरोध पोर्टल‘ ले डरलाग्दो आँकडा देखाउँछ । यसमा अहिले पनि १५ हजार ३ सय ९३ जना बेपत्ता रहेको रिपोर्ट गरिएको छ । पछिल्लो २४ घण्टामा मात्रै ६ हजार […]

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो

काठमाडौं । भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएकामध्ये ५९ जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ। अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईँले बाढीमा परेर ज्यान गएकामध्ये ५९ जनाको शव शिक्षण अस्पतालमा ल्याइएको जानकारी दिए। अस्पतालमा ल्याइएका ती शवमध्ये ३२ जनाको शवपरीक्षण भइसकेको र २७ जनाको शवपरीक्षण गर्न बाँकी रहेको प्रवक्ता डा सेढाईँले बताए । अस्पतालमा […]

त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना

बाढीको बहाव कम भएसँगै पुनः उद्धारका काम सुरू भएको सेनाले जनाएको छ । उद्धार टोलीमा विशेषज्ञसहित ९३ जना संलग्न छन् ।

उद्धार तथा राहतको कामलाई प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाढी प्रभावितको खोजी, उद्धार तथा राहतको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। पार्टीको तर्फबाट अहिलेसम्म भए गरेका कामबारे ब्रिफिङ लिएपछि सभापति लामिछानेले यस्तो निर्देशन दिएका हुन्। खोजी, उद्धार र राहतको काममा प्रभावकारी भूमिका खेल्न पार्टीको सम्पूर्ण तह र निकायलाई निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले बताए। […]

काठमाडौंमा पेट्रोलियम पदार्थ बाइरोडको बाटोबाट ल्याइँदै

काठमाडौं । सरकारले हेटौँडाहुँदै त्रिभुवन राजपथ (बाइरोड) बाट अत्यावश्यक सामान ढुवानी गर्ने तयारी थालेको छ। कृष्णभीरमा सडक भासिएपछि काठमाडौंका लागि अत्यावश्यक सामग्रीको ढुवानी प्रभावित हुने भएपछि सरकारले पेट्रोलियम पदार्थ बाइरोडको बाटोबाट ल्याउने तयारी थालेको हो। भोटेकोशी बाढीका कारण मुग्लिनको बाटो ३ दिन बन्द भएर खुलेको थियो। कृष्णभीरमा सडक भासिएपछि मुग्लिन–नारायणगढको बाटो बन्द भएको छ। उद्योग, […]

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाएको छ। सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको हो। बैठक बिहान ११ सुरु हुने दलका नेता भीष्मराज आङ्देम्बेले बताए। विपद् व्यवस्थापनमा पार्टीको भूमिका र आगामी कार्ययोजनालगायतको विषयमा छलफल हुने जनाइएको छ।