Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

65 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

2

जटिल बन्दै त्रिशूली थ्री ‘ए’मा उद्धार : स्काभेटर समाचारमा मात्रै चले

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका कामदारको उद्धारमा सरकार निरन्तर असफल भएको छ । उक्त उद्धारमा सरकारकै निकायबीच समन्वय देखिएको छैन। अर्कोतिर डोजरहितका उपकरणको पनि अभाव छ। नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको आयोजनाको सुरुङमा फसेकालाई उद्धार गर्न प्राविधिक र इन्जिनियर खटिएका छन् । आवश्यक स्काभेटर, […]

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। नेपालमा नागरिक अशान्ति र स्थानीय स्तरमा अचानक प्रदर्शन हुन सक्ने जोखिम रहेको भन्दै उसले यात्रा चेतावनी जारी गरेको हो। अमेरिकी विदेश मन्त्रालयले दुई दिनअघि अद्यावधिक गरेको ‘ट्राभल एडभाइजरी’मा नेपाललाई लेभल २ अर्थात् बढ्दो सतर्कता अपनाउनुपर्ने देशको सूचीमा राखेको छ। मन्त्रालयका […]

3–12 hours ago

1

भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा परी सोमबार साँझसम्म ९३९ जनाको शव फेला परेको छ भने तीन हजार ९२५ जना अझै सम्पर्कविहीन रहेका छन् । खोजी कार्य जारी छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र […]

Yesterday

18

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको मजदुर र विदेशी पर्यटक गरी अझै तीन हजार ९०० भन्दा बढी व्यक्ति सम्पर्कविहीन छन् । यही भदौ १० गतेको उक्त बाढीमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सारका कर्मचारी १५, अध्यागमनका कर्मचारी तीन, जलविद्युत् आयोजनाका कर्मचारी ६३९, विदेशी नागरिक ५९२, पर्यटकसँग घुम्न […]

आजका समाचार : अझै भेटिएनन् सुरुङमा थुनिएकाहरू, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार, रविले भेटे प्रधानमन्त्री-राष्ट्रपति र किर्गिस्तानमा एससीओ शिखर सम्मेलन

बाढीपीडित पहिचानमा अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार, सिंगापुरसँग माग्यो प्राविधिक सहयोगबाढीपछि बेपत्ता तथा प्रभावितको पहिचानलाई तीव्र बनाउन सरकारले अन्तर्राष्ट्रिय सहयोग जुटाउन थालेको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा पीडित पहिचानका लागि सिंगापुरसँग प्राविधिक सहयोग मागिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिए । अमेरिकासँग डीएनए परीक्षण तथा चीन र सिंगापुरसँग उच्च क्षमताका आवश्यक उपकरण माग गरिएको छ। […]

Khabarhub logoKhabarhubPrivate4 publishers

रसुवामा उद्धार अभियान तीव्र, सेनाद्वारा १०९ जनाको हवाई उद्धार, सुरुङमा अझै मिलेन सफलता

काठमाडौं- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनी माध्यमबाट खोज तथा उद्धार अभियानलाई तीव्रता दिएको छ। नेपाली सेनाका अनुसार मंगलबार एक जर्मन नागरिकसहित १०९ जनाको हवाई उद्धार गरिएको छ। सेनाका अनुसार त्रिशूली–३ ‘ए’ को सुरुङमा ‘टनेल हेड’ फेला परेको छ। कम्प्रेसरमार्फत सुरुङभित्र हावा पठाउने काम भइरहेको छ भने भित्र जमेको पानी निकाल्ने […]

जापानद्वारा ५५ अर्ब डलरको रक्षा बजेट प्रस्ताव, एआई विकासमा जोड

टोकियो- जापानको रक्षा मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ८.९ ट्रिलियन येन (करिब ५५.६ अर्ब अमेरिकी डलर) बराबरको रक्षा बजेट माग गरेको छ। बढ्दो सुरक्षा चुनौतीबीच निर्णय प्रक्रिया तीव्र बनाउन जापानले कृत्रिम बुद्धिमत्ता (एआई), ड्रोन र अत्याधुनिक क्षेप्यास्त्र प्रणालीको विकासमा जोड दिएको हो। जापानी सञ्चारमाध्यमका अनुसार बजेटको अन्तिम आकार १० ट्रिलियन येनसम्म पुग्न सक्ने अनुमान गरिएको छ। चीन, उत्तर कोरिया र रूसबाट बढ्दो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै जापानले आफ्नो रक्षा क्षमताको व्यापक स्तरोन्नति गरिरहेको छ। रक्षा […]

Khabarhub logoKhabarhubPrivate2 publishers

केरूङ बन्दरगाह नजिकै चीनले स्थापना गर्‍यो नयाँ ४जी-५जी बेस स्टेसन

तिब्बत- चीनको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रको ग्यिरोङ काउन्टीमा पहिरो प्रभावित मुख्य उद्धारस्थल नजिकै नयाँ ४जी/५जी बेस स्टेसन सञ्चालनमा ल्याइएको छ। सिन्ह्वाका अनुसार पहिरो प्रभावित ग्यिरोङ बन्दरगाहबाट करिब ९०० मिटरको दूरीमा निर्माण गरिएको नयाँ बेस स्टेसन आइतबारदेखि सञ्चालनमा आएको हो। यससँगै मुख्य उद्धार क्षेत्रमा सञ्चार संकेत थप स्थिर भएको छ। पहिरोका कारण क्षतिग्रस्त अप्टिकल केबलको खोजी […]

Khabarhub logoKhabarhubPrivate2 publishers

परराष्ट्रमन्त्री खनाल र मलेसियाका विदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र मलेसियाका विदेशमन्त्री दातो सेरी उतमा हाजी मोहम्मद हाजी हसनबीच आज टेलिफोन वार्ता भएको छ । मलेसियाका विदेशमन्त्री हसनले परराष्ट्रमन्त्री खनाललाई टेलिफोन गरी विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्ताका क्रममा मलेसियाका विदेशमन्त्री हसनले नेपालको पहिचान भएका […]

भोटेकोसी पहिरो : सडकको अवरोध हटाउँदै केरूङबाट १ किलोमिटर नजिक आइपुग्यो चिनियाँ टोली

तिब्बत- चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित ग्यिरोङ बन्दरगाहमा गत बुधबार आएको पहिरोपछि उद्धार टोलीले खोज तथा उद्धार अभियानलाई थप तीव्र बनाएको छ। फ्रन्टलाइन उद्धार मुख्यालयका अनुसार सोमबार बिहानसम्म उद्धार टोलीले ग्यिरोङ बन्दरगाहको सीमा प्रवेशद्वारबाट करिब १.२ किलोमिटर नजिकसम्म पुग्ने मुख्य सडक पुनः सञ्चालन गरेको छ। अधिकारीहरूले विपद्को मुख्य प्रभावित क्षेत्रमा नयाँ चरणको खोज तथा उद्धार अभियान […]

रसुवा बाढी : ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा– रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण प्रभावित भएका नागरिकको उद्धारकार्य तीव्र रूपमा भइरहेको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत आज दिउँसो १ः३० बजेसम्म ३३० प्रभावितलाई सुरक्षित स्थानमा उद्धार गरिएको छ । बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङ (टनेल) मा फसेकाको खोजी र उद्धारका लागि प्राविधिक तथा विज्ञ टोली परिचालन गरिएको नेपाली सेनाले जनाएको छ […]

बाढीपीडित पहिचानमा अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार, सिंगापुरसँग माग्यो प्राविधिक सहयोग

काठमाडौं– बाढीपछि बेपत्ता तथा प्रभावितको पहिचानलाई तीव्र बनाउन सरकारले अन्तर्राष्ट्रिय सहयोग जुटाउन थालेको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा पीडित पहिचानका लागि सिंगापुरसँग प्राविधिक सहयोग मागिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिए । अमेरिकासँग डीएनए परीक्षण तथा चीन र सिंगापुरसँग उच्च क्षमताका आवश्यक उपकरण माग गरिएको छ। जापान र दक्षिण कोरियाबाट पनि थप विशेष सामग्री चाँडै […]

Khabarhub logoKhabarhubPrivate4 publishers

नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै

काठमाडौं– नेपाल–चीन सीमा क्षेत्रमा दुई वटा सिसी क्यामेरा जडान गरिने काम आजबाट सुरु गरिएको छ । भोटेकोशी बाढीपछि बनेको ताल जुनसुकै बेला फुट्न सक्ने सम्भावना रहेकाले त्यसबाट हुनसक्ने जोखिमको सूचना लिन सिसी क्यामेरा जडान गर्न लागिएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जानकारी दिएको छ । बाढीविद् सौहार्द जोशीले क्यामेरा जडानपछि नदीको बहाव तथा सम्भावित जोखिमबारे […]

Khabarhub logoKhabarhubPrivate6 publishers

भोटेकोशी बाढीपछि शव खोजी र उद्धारमा सेना, ड्रोन र रबरबोटसहित ४३६ जना खटिए

चितवन– भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङ हुँदै चितवनसम्म प्रभाव परेपछि शव खोजी, उद्धार तथा व्यवस्थापनका लागि नेपाली सेनाले व्यापक रूपमा फौज परिचालन गरेको छ। बाढीमा परी बेपत्ता भएकाहरूको शव चितवनका नदी तटीय क्षेत्रमा समेत फेला पर्न थालेपछि आजदेखि ड्रोन, रबरबोटलगायतका उद्धार सामग्रीसहित ४३६ जनाको संयुक्त फौज खोज तथा उद्धार कार्यमा परिचालन […]

भोटेकोशी बाढीपछि सुरुङमा फसेकाको खोजी तीव्र

काठमाडौं– भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई तीव्र पारिएको छ । नेपाली सेनाको कमाण्डमा विशेषज्ञसहितको टोलीले विद्युत् आयोजनाका सुरुङलाई केन्द्रित गरी तीन दिनदेखि खोज तथा उद्धार अभियानलाई निरन्तरता दिइरहेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार त्रिशूली–३ ‘बी’को सुरुङमा विज्ञसहितको फौज खटिई खोज तथा उद्धार जारी […]

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा– सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई प्राथमिकता दिएको छ । सरकारले अहिलेको विषम परिस्थितिमा आपत्कालीन अवस्था घोषणा गरी जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित सरोकार भएका सम्पूर्ण सरकारी संयन्त्र परिचालन गरी हवाई कम्पनीहरूको […]

बाढी प्रभावित क्षेत्रमा वैकल्पिक सडक मार्ग प्रयोग गर्न प्राधिकरणको अपिल

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १० गते रसुवामा गएको विनाशकारी बाढीका कारण उत्पन्न परिस्थितिलाई लिएर विशेष अपिल जारी गरेको छ । बाढीको प्रत्यक्ष असर नपरेका, न्यून प्रभावित भएका तथा सुरक्षित उच्च स्थानमा रहेका नागरिकहरूबाट समेत हेलिकोप्टर उद्धारको माग भइरहेकोप्रति ध्यानाकर्षण गराएको हो । सीमित साधन र स्रोतको विषम परिस्थितिमा अत्यन्तै आवश्यक […]

भोटेकोशी बाढी : ९०३ वटा शव फेला, चार हजारभन्दा बढी सम्पर्कविहीन

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको निधन भएको पुष्टि गरेको छ । उक्त बाढीमा परी हालसम्म २६७ जना व्यक्ति घाइते भएको जानकारी दिँदै प्राधिकरणले ४ हजार ३४७ जना सम्पर्कविहीन रहेको जनाएको छ । बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र चितवनलगायत जिल्ला प्रभावित […]

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ– रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ ‘डाईभर्ट’ हुन थालेका छन् । नेपाल–चीनबीचको (रसुवागढी—केरुङ) नाका विनासकारी बाढीका कारण पूर्ण रुपमा क्षति भएसँगै कोरलाना मार्फत् मालवस्तु र कन्टेनरहरु आउन थालेका हुन् । मुस्ताङको जोमसोमस्थित सशस्त्र प्रहरीको चेकपोष्टबाट आइतबार साँझ ६६ मालवाहक कन्टेनरको विवरण सङ्कलन गरिएको छ । सशस्त्र प्रहरीको जोमसोम चेकपोस्टले रसुवागढी नाका […]

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा बढीको उद्धार गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार गए रातिसम्म तीन हजार २९ जनालाई रसुवा र नुवाकोटको विभिन्न स्थानबाट उद्धार गरिएको हो । तीमध्ये नेपाली नागरिक दुई हजार सात सय ७६ जना र विदेसी दुईसय ५३ […]

त्रिशूली–३ ‘ए’ आयोजनामा रातभर उद्धार प्रयास, बाक्लो स्ल्याब फुटाएर सुरुङ खोल्ने तयारी

काठमाडौँ– रसुवाको गोसाइँकुण्ड क्षेत्रमा बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिहरूको उद्धारका लागि राति पनि काम गरिएको छ । उद्धार टोलीले सुरुङसम्म पुग्ने बाटो खोल्दै बाक्लो कंक्रिट स्ल्याब फुटाएर सुरुङभित्र प्रवेश गर्ने तयारी अघि बढाएको छ। आयोजनाको पछिल्लो अपडेटअनुसार सुरुङको करिब ४०० मिलिमिटर बाक्लो ‘क्राउन स्ल्याब’ फुटाउन ब्लास्टिङ गरिएको छ। यसअघि […]

Older

44

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ क्षेत्रमा रहेका जलविद्युत् सुरुङस्थलमा खोज तथा उद्धार कार्य सञ्चालन गर्न नेपाली सेनाको टोलीसँग मिलेर काम गरेको छ । टोलीले नेपाली सेनासँग नजिकको समन्वयमा खोज तथा उद्धार कार्य जारी राख्ने यहाँस्थित भारतीय दूतावासले जनाएको छ । भारतीय सुरुङ उद्धार टोली शनिबार नेपाल आइपुगेको थियो । त्यस्तै, […]

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये २८९ पर्यटकको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार बुधबार बिहान भोटेकोशीमा आएको बाढीमा परेर सम्पर्कविहिन भएकामध्ये हालसम्म २८९ विदेशी पर्यटकको उद्धार गरिएको हो । बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत ९सिईओ० हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएर सम्पर्कविहीन […]

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा हालसम्म रु पाँच अर्ब २४ करोड ६९ लाख ४४ हजार सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढेको छ । कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा […]

बाढीपछि चीनतर्फ हराइरहेका ९८ नेपालीको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं- गत बुधबार भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव नेपालमा मात्र सीमित रहेन । चीनको तिब्बतस्थित केरुङ क्षेत्रमा समेत बाढी तथा पहिरोमा ठूलो क्षति भयो । त्यस क्रममा चीनतर्फ सम्पर्कविहीन भएका नेपाली नागरिकमध्ये ९८ जनाको नामावली चिनियाँ पक्षले नेपाललाई पठाएको छ। चिनियाँ पक्षले पठाएको विवरणअनुसार ९८ जनामध्ये ८१ जना पुरुष र १७ जना महिला छन् […]

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, रातभर उत्खनन गरिने

नुवाकोट – गत भदौ १० गते आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूलाई सुरक्षित बाहिर निकाल्न सरकारले उद्धार कार्यलाई तीव्रता दिएको छ । ऊर्जा मन्त्रालयको सचिवालयका अनुसार सुरुङभित्र रहेकाहरूको जीवनरक्षा र उद्धारका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरी युद्धस्तरमा काम भइरहेको छ । उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आज रातभर […]

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको श्रद्धाञ्जली, ‘यो दुःखमा नेपाल एक्लै छैन’

काठमाडौं– रसुवामा गएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति चीनले गहिरो दुःख व्यक्त गर्दै नेपाललाई संकटको समयमा आफू एक्लै नरहेको सन्देश दिएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङले बाढीमा ज्यान गुमाएका नेपाली नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल र नेपाली जनताको साथमा चीन रहेको सन्देश दिएका हुन्। प्रधानमन्त्री राहत कोषका लागि चीन सरकारले घोषणा […]

‘ताल फुटे पनि बुधबारको जस्तो भीषण बाढी आउँदैन’

विपद् जोखिम न्यूनीकरण प्राधिकरणकी प्रवक्ता शान्ति महत रसुवाको नेपाल-चीन सिमानामा बुधबारको जति ठूलो बाढी आउने सम्भावना नरहेको बताउँछिन्। उनी नेपाल-चिन सरकारबीच समन्वयमै काम भइरहेको बताउँछिन्। अब ताल फुटेकै अवस्थामा पनि बुधबारको जति क्षति नगर्ने विश्लेषण उनी सुनाउँछिन्। तालमा जम्मा भएको पानी बाढी बनेर आएकै खण्डमा बुधबारजस्तो जोखिम नरहेको तर उच्च सतर्कता अपनाउँदै सुरक्षित हुनुपर्ने उनको […]

चीनद्वारा नेपाललाई ३० करोडभन्दा बढी राहत सहयोग, सुरुङ उद्धारका लागि थप प्राविधिक टोली पनि पठाइयो

काठमाडौं– चीन सरकारले नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि २० लाख अमेरिकी डलर अर्थात् करिब ३० करोड रुपैयाँभन्दा बढी नगद सहयोग गरेको छ। आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चीन सरकारको सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्। यसैगरी, चिनियाँ रेडक्रसले उपलब्ध गराएको २ लाख अमेरिकी […]

आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँ : परराष्ट्र सचिव राई

काठमाडौं– परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतमा आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेको बताएका छन् । भोटेकोशी बाढी सम्बन्धमा सरकारले गरिरहेको खोजी, उद्धार तथा राहत कार्यलगायत विषयमा जानकारी दिन मन्त्रालयले आइतबार आयोजना गरेको कार्यक्रममा सचिव राईले भने, ‘नेपाली सेनासँगको समन्वयमा विशेषगरी सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धार गर्न भारत, चीन […]

भोटेकोशीले पढाएको पाठ : नेपाल-चीन-भारत भौगर्भिक सहकार्य

काठमाडौं– सन् २०२६ अगस्ट २६ मा नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा आएको विनाशकारी बाढी, लेदोबहाव र पहिरोले एउटा आधारभूत सत्य पुनः स्मरण गराएको छ-हिमालयमा हुने प्राकृतिक विपद्को प्रभाव राजनीतिक सीमाभित्र सीमित रहँदैन । लाङटाङ राष्ट्रिय निकुञ्ज नजिकको हिमनदी वा हिमनदीसम्बद्ध ढलान तीब्र रूपमा भत्किँदा लेदोबहाव र बाढी उत्पन्न भएको हुन सक्ने प्रारम्भिक वैज्ञानिक आंकलनले देखाएको छ […]

त्रिशूली थ्री ‘ए’को सुरुङको मुखसम्म उद्धार टोली : बोलाउँदा भित्रबाट कसैको आवाज आएन

काठमाडौं- माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरूङभित्र फसेका मजदुर र इन्जिनियहरूको उद्धारमा सफलता हात लागेको छ। नेपाली सेनाका इन्जिनियरले सुरुङ भेट्टाउन ब्लास्टिङ गर्नेसम्मका प्रयास अघि बढाएका छन्। उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका साथै सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी कूल ९० जनाको […]

बाढीपछि थुनिएकाहरूको उद्धारमा प्रगति : त्रिशूली–३ ‘ए’ को सुरुङ भेटियो

काठमाडौं– रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका व्यक्तिहरूको उद्धारमा महत्त्वपूर्ण प्रगति भएको छ। नेपाली सेनासहितको उद्धार टोलीले सुरुङसम्म पहुँच स्थापित गर्न सफलता पाएको हो। नेपाली सेनाका अनुसार माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङको प्रवेशद्वार खोल्ने काम ‘ब्रेक थ्रु’ भएको हो । गृह मन्त्रालयका अनुसार टनेल इन्ट्री खोल्ने लक्ष्यमा सफलता मिलेको हो […]

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट– परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताएका छन् । बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि आज विदुर नगरपालिका–१, ढुङ्गे आइपुगेका उनले भने, ‘प्रारम्भिक जानकारी अनुसार केरुङमा एक हजार जना नेपाली हुनुहुन्छ भन्ने सूचना छ, उहाँहरूलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउँछौँ ।’ सिन्धुपाल्चोकस्थित तातोपानी नाका सञ्चालन गर्न र मुस्ताङको […]

चीनको सिजाङमा पहिरो : नेपालीसहित २६१ विदेशीको अवस्था अज्ञात

ग्यिरोङ– दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत चीन–नेपाल सीमाको ग्यिरोङ नाकामा अगस्त २६ मा गएको पहिरोपछि २३ देशका २६१ विदेशी नागरिकको अवस्था अज्ञात रहेको स्थानीय अधिकारीहरूले आइतबार बताएका छन् । परराष्ट्र, सार्वजनिक सुरक्षा, संस्कृति तथा पर्यटन र आपत्कालीन व्यवस्थापन निकायले गरेको संयुक्त खोजी तथा विवरण रुजुपछि क्षेत्रीय सरकारको सूचना कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त तथ्याङ्क […]

त्रिशूलीका जलविद्युत् आयोजनामा उद्धार तीव्र : उपकरण हेलिकप्टरमा लगिँदै, सुरुङको प्रवेशद्वार खोल्ने प्रयास ‘ब्रेक थ्रु’ नजिक

काठमाडौं- रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका व्यक्तिहरूको उद्धारका लागि नेपाली सेनाले उद्धार अभियान तीव्र बनाएको छ। आयोजनास्थलसम्म पुग्न सडक अवरुद्ध भएपछि सेनाले स्काभेटर र डोजर नुवाकोटको बट्टारसम्म पुर्‍याएर डिसमेन्टल गरी हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लैजाने काम गरिरहेको छ। बाढी प्रभावितको उद्धारका लागि नेपाली सेनासहितको टोली अहोरात्र खटिएको छ। गएराति पुनः […]

केरूङ बन्दरगाह नजिकै चिनियाँ उद्धारकर्मी, अध्येताको निष्कर्ष : लाङटाङ लिरुङको हिमपहिरोले विनाश निम्त्यायो

काठमाडौं– नेपालतर्फ रहेको लाङटाङ लिरुङ हिमालको दक्षिणी मोहडामा करिब ५ हजार २०० मिटर उचाइबाट गत बुधबार बिहान बरफ र चट्टानसहितको हिमपहिरो खसेको निष्कर्ष चिनियाँ अधिकारीले निकालेका छन्। चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित ग्यिरोङ बन्दरगाहमा गएको विनाशकारी हिलो–गेग्रानयुक्त बाढीको मुख्य कारण रहेको पहिचान भएको चिनियाँ अधिकारीहरूले बताएका छन्। स्थानीय अधिकारीहरूले आइतबार सार्वजनिक गरेको विवरणअनुसार बुधबार बिहान […]

त्रिशूली–३ ‘बी’ उद्धारका लागि ४ वटा प्वाल ड्रिलिङ सम्पन्न

काठमाडौं– त्रिशूली-३ ‘बी आयोजनामा सुरुङभित्र फसेका मानिसहरूको उद्धार गर्ने प्रयासमा पछिल्लो समयसम्म अगाडिको मुख्य भागमा ड्रिलिङ गरेर ४ वटा प्वाल पार्ने काम सम्पन्न भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठको सचिवालयका अनुसार अब फ्रन्ट फेसबाटै सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्य अघि बढाउने तयारी भइरहेको छ। उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी […]

केरूङमा उद्धार र राहतका लागि चीनले लगायो सबै शक्ति, मृतकको संख्या १६ पुग्दा ५४६ जना अझै बेपत्ता

ग्यिरोङ, चीन- चीनको क्षिजाङ स्वायत्त क्षेत्रमा बुधबार बिहान गएको विनाशकारी पहिरोपछि उद्धार तथा राहत कार्य तीव्र पारिएको छ। पहिरोमा परी हालसम्म १६ जनाको मृत्यु भएको छ भने ५४६ जना अझै बेपत्ता रहेको तिब्बती क्षेत्रीय सरकारले जनाएको छ। बेपत्तामध्ये २६१ जना विदेशी नागरिक छन्। जसमा कयौँ नेपाली नागरिक पनि छन् । तिब्बत क्षेत्रीय सरकारका अध्यक्ष कर्मा […]

भोटेकोशी बाढी : त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं– रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारको प्रयास जारी छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त फौज तथा विशेषज्ञ टोलीले ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटरलगायत सामग्रीको प्रयोग गरी सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त सुरुङमा फसेका व्यक्तिको […]

भोटेकोसी बाढीको भयावह तथ्यांक : १५ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं– गत बुधबार भोटेकोसी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको मानवीय क्षतिको सरकारी तथ्यांकले विपद्को भयावह अवस्था देखाएको छ। सरकारको उद्धार अनुरोध पोर्टलमा रहेको पछिल्लो अभिलेखअनुसार १५ हजार ३२९ जना अझै हराइरहेका छन्। हालसम्म २ हजार ५०७ जना फेला परेको विवरण पोर्टलमा उल्लेख छ भने १ हजार ८०८ जनाको भेट तथा समस्या समाधान भएको […]

झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल

काठमाडौं– भोटेकोशीको चीन-नेपाल सीमामा गएको पहिरोका कारण बनेको ताल १४ वटा फुटबल ग्राउन्ड बराबरको क्षेत्रफलमा रहेको चिनियाँ समाचार माध्यम सिजिटिएनले जनाएको छ । तर, सिजटिएनले पहिलो ताल भने नियन्त्रणमा आइसकेको पनि उल्लेख गरेको छ । तर, सोही स्थानभन्दा करिब ५ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा दोस्रो ताल पनि फेला परेको उक्त सञ्चार माध्यमले जनाएको छ । […]

विदुरको ढुंगेमा भीड बढ्दा उद्धार टोलीलाई कठिनाइ

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि क्षति भएको विदुरको ढुंगे क्षेत्रमा भीड बढेपछि उद्धार टोलीलाई काम गर्न कठिन भएको छ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित भएको नुवाकोटको विदुर नगरपालिकास्थित ढुंगे बजार क्षेत्रसम्म सडक पहुँच भएकाले पीडित सर्वसाधारणका साथै क्षतिग्रस्त बजार हेर्न जाने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको अत्यधिक भीड देखिएको छ । भीड […]

भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार गरिएको छ । नुवाकोटको त्रिशूलीस्थित श्री नम्बर १ सैन्य तालिम केन्द्रबाट उद्दारका लागि हेलिकप्टर परिचालन र सोहि केन्द्रमा नै उद्दार गरि ल्याउने व्यवस्था गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म ८ हजार १ सय ८६ जनाको उद्दार गरिएको छ । उद्दार गरि […]

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका विभिन्न क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्य तीव्र पारिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १४ गते बिहान ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै ७३४ जनाको शव फेला परेको जनाएको छ। प्राधिकरणका अनुसार सबैभन्दा बढी चितवनबाट २५९, नवलपरासी पूर्वबाट १४८, नवलपरासी पश्चिमबाट […]

त्रिशूली ३ ‘ए’ आयोजनामा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र थपिएका श्रमिकहरूको उद्धारका लागि मेसिनमार्फत केबल टनेलसम्म सफलतापूर्वक प्वाल छिचोलिएको छ। आइतबार राति ड्रिलिङ प्रक्रिया सम्पन्न भई टनेलसम्म प्वाल पुगेपछि भित्रको अवस्था सुख्खा रहेको पाइएको छ। सुरुङभित्र थुनिएका व्यक्तिको सहजताका लागि कम्प्रेसरसँगै अक्सिजनयुक्त हावा र मार्गदर्शनका लागि बत्ती (लाइट) पठाइएको छ। भित्र […]

चीनले नेपाललाई राहत सामग्री पठायो, दुई सैन्य विमान काठमाडौँमा अवतरण

काठमाडौँ- रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि चीनले अत्यावश्यक राहत सामग्री नेपाल पठाएको छ। चीनको वायुसेनाका दुईवटा वाई–२० (वाई-२०) ठूलो क्षमताका सैन्य कार्गो विमान आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकपछि अर्को अवतरण गरेका छन्। आइतबार बिहान करिब ७ बजे काठमाडौँ आइपुगेका ती दुई विमानमा गरी १३ हजार २०० थान अत्यावश्यक […]

भोटेकोशीमा पानी घट्यो : रसुवा, नुवाकोट र धादिङमा बाढीको खतरा टर्‍यो

काठमाडाैँ – उत्तरी रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेको खबरपछि सतर्कता अपनाइएको भए पनि हाललाई ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रसुवा र नुवाकोटबाट प्राप्त पछिल्लो विवरण अनुसार नुवाकोट क्षेत्रमा नदीको जलसतह केही बढे पनि बाढी सामान्य अवस्थामै रहेको छ। महाशाखाले बिहान ५:४५ बजे अद्यावधिक सूचना जारी गर्दै रसुवा, […]

भोटेकोशी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये २६१ जनाको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार बुधबार बिहान भोटेकोशीमा गएको बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये शनिबार साँझसम्म २६१ विदेशी पर्यटकको उद्धार गरिएको हो । बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएर हराएकामध्ये […]

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको छ। नदीमा बाढीको ठूलो आवाज सुनिएको भन्दै जिल्ला प्रहरी कार्यालय रसुवाले पूर्वसूचना जारी गरेपछि बाढी पूर्वानुमान महाशाखाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरेको छ। महाशाखाका अनुसार रसुवा, नुवाकोट र धादिङ भएर बहने भोटेकोशी तथा त्रिशूली नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई हाललाई सुरक्षित र सजग […]