टाइगर र पाकिस्तानी लिजेन्डको जोडीले यसपालि तोड्ला त ‘अभागी’ को ट्याग ?
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सबैभन्दा अभागी टोली हो, सुदूरपश्चिम रोयल्स । अघिल्ला दुवै संस्करणमा अब्बल प्रदर्शनसहित फाइनलसम्म पुगेर पनि सुदूरपश्चिमले दुवैपटक उपाधि जित्न सकेन ।पहिलो र दोस्रो संस्करणजस्तै यसपटक पनि सुदूरपश्चिम आफ्ना भरपर्दा कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमै मैदानमा ओर्लनेछ । दुईपटक फाइनलमा पुगेर पनि पराजित हुनुपरेको पीडा भुलाउँदै यसपटक सुदूरपश्चिम उपाधि उचालेर आफ्ना समर्थकलाई खुसी दिने योजनामा छ ।तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म काठमाडौँमा आयोजना हु
