भ्रष्टाचारलाई राष्ट्रिय अपराध र भ्रष्टाचारीलाई देशद्रोही घोषणा गर्न जनमुक्ति पार्टीको माग
राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचारलाई राष्ट्रिय अपराध र भ्रष्टाचारीलाई देशद्रोही घोषणा गर्न माग गरेको छ ।पार्टीको १२औं राष्ट्रिय भेलाले भ्रष्टाचार अन्त्यका लागि अधिकारसम्पन्न आयोग गठन गर्नेदेखि विदेशमा रहेका नेपालीको नागरिकता अधिकार सुनिश्चित गर्नेसम्मका १० बुँदे प्रस्ताव पारित गरेको छ ।बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव एवं भेला संयोजक टोप अस्लामीले असोज २५ देखि २७ गतेसम्म रूपन्देहीमा सम्पन्न राष्ट्रिय भेलाले पारित गरेका प्रस्ताव सार्वजनिक गरेका हुन् ।अस्लामीले जेनजी
