'मनी लाउन्डरिङ' रोक्न नसकेको भन्दै बैंक अफ अमेरिकालाई १ अर्ब २० करोड डलर जरिवाना
अमेरिकाको प्रमुख वित्तीय संस्था ‘बैंक अफ अमेरिका’माथि सम्भावित सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) तथा अन्य गैरकानुनी गतिविधि पहिचान गर्न नसकेको र पर्याप्त आन्तरिक नियन्त्रण प्रणाली कायम नगरेको अभियोगमा १ अर्ब २० करोड अमेरिकी डलर जरिवाना तोकिएको छ। अमेरिकी अर्थ मन्त्रालय (यूएस ट्रेजरी डिपार्टमेन्ट) ले मङ्गलबार कारबाहीबारे औपचारिक जानकारी गराएको बीबीसीले जनाएको छ । समाचार अनुसार बैंक अफ अमेरिकाले ५ अर्ब डलरभन्दा बढीका शंकास्पद कारोबारहरूबारे सरकारलाई समयमै प्रतिवेदन बुझाउन सकेको थ