जनमत पार्टीभित्रको ‘घरजग्गा विवाद’- सीके राउतको दाबी नपुग्ने, सुरेन्द्र र ललितालाई सफाइ
जनमत पार्टीका तत्कालीन केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादव र उनकी पत्नी ललितादेवी यादवविरुद्ध दर्ता भएको ठगी तथा आपराधिक विश्वासघात मुद्दामा ललितपुर जिल्ला अदालतले अभियोग दाबी नपुग्ने फैसला सुनाएको छ । न्यायाधीश हरिसिंह धामीको इजलासले सोमबार उक्त फैसला गर्दै प्रतिवादीद्वयलाई सफाइ दिएको हो ।जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतको निर्देशनमा पार्टीका तत्कालीन प्रवक्ता डा. शरद सिंह यादवले जिल्ला प्रहरी परिसर ललितपुरमा दिएको जाहेरीका आधारमा उक्त मुद्दा दायर गरिएको थियो ।तत्काल
