स्थानीयको सांकेतिक विरोधपछि जीर्ण सडक मर्मतमा जुट्यो नगरपालिका
स्थानीयले सांकेतिक रूपमा सडकमा धान रोपेर विरोध जनाएपछि अर्जुनधारा नगरपालिकाले जीर्ण सडकको तत्काल मर्मत सुरु गरेको छ ।वडा नम्बर २ स्थित गाँजाबारीमा अत्यधिक हिलो र खाल्डाखुल्डीका कारण आवागमन प्रभावित भएपछि केही दिनअघि स्थानीयले मदन भण्डारी राजमार्गबाट लाप्चेटार–बदमटार हुँदै इलामका विभिन्न स्थान जोड्ने सडकमा धान रोपेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।स्थानीयको गुनासोपछि नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले आज सडकको स्थलगत निरीक्षण गर्दै खाल्डाखुल्डी तत्काल पुरी सडकलाई आवागमनय
