आगामी आर्थिक वर्षमा करिब २ हजार निजामती कर्मचारी अवकाश हुँदै
आगामी आर्थिक वर्ष २०८३/८४ मा विभिन्न तहका १ हजार ९ सय ८५ जना निजामती कर्मचारीहरूले अनिवार्य अवकाश पाउने भएका छन्। राष्ट्रिय किताबखाना (निजामती) ले बिहीबार विज्ञप्तिमार्फत सार्वजनिक गरेको विवरणअनुसार ५८ वर्षे उमेर हद र पदावधि पूरा भएका कारण उनीहरूले अवकाश पाउन लागेका हुन्।किताबखानाको अभिलेख प्रणालीमा रहेका कुल ९२ हजार ५ सय २० कर्मचारीमध्येबाट यो संख्यामा अवकाश हुन लागेको हो। अवकाश पाउनेहरूमा विशिष्ट श्रेणीका २० जना, सहसचिव ८७ जना, उपसचिव २०६ जना र शाखा अधिकृत ३२० जना रहेका छन्। त्यस्तै, सहाय
