भारतको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्रको डेटा लिक
भारतको तमिलनाडुस्थित कुडनकुलम आणविक ऊर्जा केन्द्रको अति संवेदनशील दस्ताबेजहरू लिक भएको छ । यस घटनाले अन्तर्राष्ट्रिय सुरक्षा वृत्तमा हलचल मच्चाएको समाचारमा उल्लेख छ। 'वर्ल्ड लिक्स' नामक ह्याकर समूहले यस प्लान्टसँग सम्बन्धित हजारौँ दस्ताबेजहरू डार्क वेबमा सार्वजनिक गरेको दाबी गरेपछि भारतको ऊर्जा सुरक्षा र साइबर प्रतिरक्षा प्रणालीमाथि गम्भीर प्रश्न खडा भएको छ। न्यूज एजेन्सी रोयटर्सका अनुसार ह्याकरहरूले प्लान्टको कन्ट्रोल रुमको लेआउट, ब्लुप्रिन्ट, आपूर्तिकर्ता (सप्लायर्स) को सूची
