जेनजी आन्दोलनमा फरार भएका कुसाङ लामा पक्राउ
जेन्जी आन्दोलनमा फरार कुसाङ लामालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक मुद्रा कसुरमा पक्राउ परेर जेल चलान भएका लामा २०८२ भदौ २४ गते जेनजी आन्दोलनको मौकामा जेलबाट फरार भएका थिए ।झण्डै २५ करोड वैदेशिक मुद्रासहित उनी पक्राउ परेका थिए । लामालाई अपराध अनुसन्धान कार्यालय भक्तपुरको टोलिले पकाउ गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु बुझाएको छ ।
