बोशद्वारा ‘पावर पार्टनर्स समिट नेपाल २०२६’ आयोजना, नवीन प्रविधि र साझेदारी विस्तारमा जोड
बोश नेपालले आफ्नो आधिकारिक वितरक इन्फ्राटेक प्रालिसँगको सहकार्यमा काठमाडौंमा ‘बोश पावर पार्टनर्स समिट नेपाल २०२६’ आयोजना गरेको छ । वार्षिक रूपमा आयोजना हुने कार्यक्रममा करिब १२० डिलर, रिटेलर तथा व्यावसायिक प्रयोगकर्ताको सहभागिता रहेको कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार कार्यक्रमको उद्देश्य व्यावसायिक साझेदारीलाई थप सुदृढ बनाउनु, बजारसम्बन्धी जानकारी आदानप्रदान गर्नु तथा बोश पावर टुल्सका नवीनतम प्रविधि र उत्पादनहरू सार्वजनिक गर्नु रहेको थियो ।कार्यक्रममा आई–सिरिज (i-Series)