उपाधिको दाबेदार फ्रान्सविरुद्ध पुरानो घाउ बल्झाउने दाउमा सेनेगल
फिफा विश्वकप–२०२६ को समूह ‘आई’अन्तर्गत बुधबार हुने पहिलो खेलमा उपाधिको बलियो दाबेदार फ्रान्स र अफ्रिकी टोली सेनेगल आमने–सामने हुँदैछन् ।सेनेगल र फ्रान्सबीचको खेल अमेरिकाको न्यू योर्कस्थित मेटलाइफ स्टेडियममा नेपाली समयअनुसार, बिहान ००:४५ बजे शुरू हुनेछ ।सन् २००२ को विश्वकपमा सेनेगलले फ्रान्सलाई १–० गोलले स्तब्ध बनाएको त्यो ऐतिहासिक नतिजाकै पुनरावृत्ति गर्ने लक्ष्यसहित ‘लायन्स अफ तेरंगा’ मैदानमा ओर्लने छ ।पूर्वच्याम्पियन फ्रान्स भने अघिल्लो विश्वकपको पीडा
