दुखद् संयोग- टिकटकमा 'वेइटिङ फर डेथ' लेखेकी किशोरीको सर्पले डसेर मृत्यु
कलिवस्तुमा सर्पको टोकाइबाट युवतीको मृत्यु भएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर १ मालटोलस्थित १६ वर्षीया रिया बर्माको विषालु गोमन सर्पको टोकाइबाट मृत्यु भएको हो । बुधबार मध्यरातमा उनलाई घरमै विषालु सर्पले टोकेको थियो । उनलाई उपचारका लागि कपिलवस्तु अस्पताल पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि सर्वदर्शन उपचार केन्द्र गोरुसिङ्गे लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी दीपक कुँवरले जानकारी दिए । तौलेश्वरना
