नेपाल टेलिकमको प्रिपेड ई–सिम अनलाइनमार्फत् लिन सकिने
नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने भएको छ ।अब नयाँ ई–सिम लिन व्यक्ति स्वयं टेलिकमको कार्यालय जानुपर्ने बाध्यता नरहेको कम्पनीले जनाएको छ ।नयाँ प्रिपेड ई–सिम लिन चाहने सेवाग्राहीले esim.ntc.net.np लगइन गरी त्यहाँ रहेको Get New Prepaid eSIM मा क्लिक गरेपश्चात् दिइएको निर्देशनअनुसार रजिस्टर गरी आवश्यक विवरण उपलब्ध गराउनु पर्नेछ ।त्यसपछि विभिन्न वालेट तथा क्यूआर कोडमार्फत् रकम भुक्तानी गरेपश्चात् ई–सिमको क्यूआर कोड उपलब्ध हुनेछ ।

