Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 8 Maylast: 9 May

बैतडीमा प्रधानाध्यापकलाई कालोमोसो दलेको आरोपमा एकै परिवारका चार जना पक्राउ

बैतडीको शिवनाथ गाउँपालिका-४ स्थित श्री पिपलकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर ओझालाई कालोमोसो दलेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एकै परिवारका चार जनालाई पक्राउ गरेको छ। शिक्षक छनोट परीक्षामा अनुत्तीर्ण भएको विषयलाई लिएर प्रधानाध्यापकमाथि जुत्ताको माला लगाउने र दुर्व्यवहार गर्ने कार्य भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। पक्राउ पर्नेहरूमा तारा महता, प्रेम महता, मोहन महता र उनकी श्रीमती रहेका छन्।

Summary by Jayaman

TopicsBaitadi
2publishers
2headlines
Span: 22 hoursNE onlyUpdated 9 May
Covered by
Broke on K cha khabarLokaantar logoLokaantar

फेल भएपछि प्रधानाध्यापकलाई कालोमोसो, एकै परिवारका चार पक्राउ

विद्यालयको शिक्षक परीक्षामा अनुत्तीर्ण भएको विषयलाई लिएर प्रधानाध्यापकलाई कालोमोसो दलेर जुत्ताको माला लगाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।जिल्लाको शिवनाथ गाउँपालिका–४ लोजनीस्थित श्री पिपलकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर ओझामाथि दुर्व्यवहार गरेको आरोपमा एकै परिवारका चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।पक्राउ पर्नेमा ३० वर्षीया तारा महता, उनका श्रीमान् ४२ वर्षीय प्रेम महता, देवर ३८ वर्षीय मोहन महता र देउरानी ३४ वर्ष

story2 publishers
Coverage

1 more headline since

    1. प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाउने चार जना पक्राउ

      बैतडी । बैतडीको शिवनाथ गाउँपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। शिवनाथ गाउँपालिका–४ लोजनीमा रहेको श्री पिपलकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर ओझामाथि दुर्व्यवहार गरेको घटनामा संलग्न रहेका

      Ratopati logoRatopatiPrivatestory2 publishers
Four Arrested for Assaulting School Principal in Baitadi District · K cha khabar