Skip to content
के.छ.खबर
All stories
StoryNE onlyHotFirst reported 20h ago

इरान-अमेरिका वार्ताको अर्को चरणका लागि अमेरिकी प्रतिनिधिमण्डल पाकिस्तान जाँदै

US Delegation Heads to Pakistan for Next Iran Talks Round

Publishers
2
Articles
4
Last 24 h
4
Span
16 hours
Updated
4h ago
What multiple outlets are saying

नेपाली

अमेरिकी प्रतिनिधिमण्डल इरानसँगको वार्ताको अर्को चरणका लागि पाकिस्तानको इस्लामावाद पुग्दैछ। उपराष्ट्रपति जेडी भेन्सले यसअघि ११-१२ अप्रिलमा इस्लामावादमा इरानसँगको वार्ताको नेतृत्व गरेका थिए, तर कुनै सम्झौता भएको थिएन। सुरुमा भेन्स यस पटकको वार्तामा नजाने बताइएको भए पनि पछिल्लो रिपोर्टअनुसार उनी सोमबार पाकिस्तानका लागि उडेका छन्।

English

A US delegation is travelling to Islamabad, Pakistan, for the next round of nuclear talks with Iran. Vice President JD Vance, who led the previous round of talks in Islamabad on April 11-12 without reaching an agreement, was initially reported as not leading the delegation this time. However, later reports indicate Vance is travelling to Pakistan on Monday as part of the delegation.

Broke on K cha khabarKhabarhub logoKhabarhub

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि हुने वार्तामा उपराष्ट्रपति जेडी भान्सले प्रतिनिधिमण्डलको नेतृत्व नगर्ने आइतबार बताएका छन्। उनले वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबारसम्ममा इस्लामावाद पुग्ने यसअघि नै बताएका थिए। इस्लामावादमा तेहरानसँग अघिल्लो चरणको वार्ताको नेतृत्व गरेका तर कुनै सम्झौता नगरी आएका उपराष्ट्रपति भान्सले यस पटक अमेरिकी वार्ता टोलीको नेतृत्व नगर्ने समाचारले […]

Coverage

3 more headlines since

    1. अमेरिका र इरानबीचको दोस्रो चरणको शान्ति वार्ता अन्यौलमा

      काठमाडौं- पाकिस्तानमा हुने भनिएको अमेरिका र इरानबीचको दोस्रो चरणको शान्ति वार्ता अन्यौलमा परेको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ता एस्माइल बघेईले आफ्नो देशका प्रतिनिधिले पाकिस्तानको भ्रमण नगर्ने बताएपछि शान्ति वार्ता अन्यौलमा परेको हो । यसअघि आइतबार अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले वार्ताका लागि उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल पाकिस्तान जाने पुष्टि गरेको थियो । […]

    2. पाकिस्तानमा अर्को चरणको इरान-अमेरिका वार्ता, उपराष्ट्रपति भेन्सको टोली आइपुग्दै

      इस्लामावाद- अमेरिकी उपराष्ट्रपति जेडी भेन्स इरानसँगको वार्ताका लागि पाकिस्तानतिर लागेका छन् । बीबीसीको रिपोर्टअनुसार अमेरिकी उपराष्ट्रपति जेडी भेन्स सोमबार पाकिस्तानका लागि उडेका हुन् । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले न्यूयोर्क पोस्टसँग कुराकानीका क्रममा वार्ताका लागि भेन्स पाकिस्तान नजाने बताएका थिए । जेडी भेन्स यसअघि ११-१२ अप्रिलमा पाकिस्तान पुगेका थिए। त्यहाँ उनले इरानसँग हुने वार्ताका क्रममा अमेरिकी […]

    3. अमेरिकी उपराष्ट्रपति भान्स वार्ताका लागि पाकिस्तान जाँदै

      अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ चरणको वार्ताका लागि एक प्रतिनिधिमण्डल पाकिस्तान जाने बताएका छन्।...

      Nagarik News logoNagarik NewsPrivateinternational4 publishers