Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

57 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

जटिल बन्दै त्रिशूली थ्री ‘ए’मा उद्धार : स्काभेटर समाचारमा मात्रै चले

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका कामदारको उद्धारमा सरकार निरन्तर असफल भएको छ । उक्त उद्धारमा सरकारकै निकायबीच समन्वय देखिएको छैन। अर्कोतिर डोजरहितका उपकरणको पनि अभाव छ। नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको आयोजनाको सुरुङमा फसेकालाई उद्धार गर्न प्राविधिक र इन्जिनियर खटिएका छन् । आवश्यक स्काभेटर, […]

3–12 hours ago

1

भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा परी सोमबार साँझसम्म ९३९ जनाको शव फेला परेको छ भने तीन हजार ९२५ जना अझै सम्पर्कविहीन रहेका छन् । खोजी कार्य जारी छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र […]

Yesterday

14

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको मजदुर र विदेशी पर्यटक गरी अझै तीन हजार ९०० भन्दा बढी व्यक्ति सम्पर्कविहीन छन् । यही भदौ १० गतेको उक्त बाढीमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सारका कर्मचारी १५, अध्यागमनका कर्मचारी तीन, जलविद्युत् आयोजनाका कर्मचारी ६३९, विदेशी नागरिक ५९२, पर्यटकसँग घुम्न […]

भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ जना अझै सम्पर्कविहीन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार तथा राहत वितरणको काम जारी रहेको प्रधानमन्त्री बालेन शाहले बताएका छन् । बाढी आएको छैटौँ दिनसम्म आइपुग्दा ११ हजार ३७९ जनाको उद्धार गरिएको र ३ हजार ९२५ जना अझै सम्पर्कविहीन रहेको प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । सम्पर्कविहीनको संख्या निरन्तर […]

रसुवामा उद्धार अभियान तीव्र, सेनाद्वारा १०९ जनाको हवाई उद्धार, सुरुङमा अझै मिलेन सफलता

काठमाडौं- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनी माध्यमबाट खोज तथा उद्धार अभियानलाई तीव्रता दिएको छ। नेपाली सेनाका अनुसार मंगलबार एक जर्मन नागरिकसहित १०९ जनाको हवाई उद्धार गरिएको छ। सेनाका अनुसार त्रिशूली–३ ‘ए’ को सुरुङमा ‘टनेल हेड’ फेला परेको छ। कम्प्रेसरमार्फत सुरुङभित्र हावा पठाउने काम भइरहेको छ भने भित्र जमेको पानी निकाल्ने […]

भोटेकोशी बाढी : शव पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया सुरु

काठमाडौं– भोटेकोशी बाढीमा परी हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्तजनले डीएनए परीक्षणपश्चात् फेला परेका शव तथा शरीरका अङ्ग यकिन गर्न सक्ने प्रक्रिया अघि बढेको छ । नेपाल प्रहरीले बाढीपछि फेला परेका शव तथा शरीरका अङ्गको डीएनए परीक्षणमार्फत पहिचान गर्ने व्यवस्था मिलाएको जनाएको छ । पहिचान हुन नसकेका व्यक्तिका आफन्तलाई आवश्यक नमुना उपलब्ध गराउन प्रहरीले आग्रह […]

Khabarhub logoKhabarhubPrivate9 publishers

रसुवा बाढी : ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा– रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण प्रभावित भएका नागरिकको उद्धारकार्य तीव्र रूपमा भइरहेको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत आज दिउँसो १ः३० बजेसम्म ३३० प्रभावितलाई सुरक्षित स्थानमा उद्धार गरिएको छ । बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङ (टनेल) मा फसेकाको खोजी र उद्धारका लागि प्राविधिक तथा विज्ञ टोली परिचालन गरिएको नेपाली सेनाले जनाएको छ […]

भोटेकोशी बाढीपछि शव खोजी र उद्धारमा सेना, ड्रोन र रबरबोटसहित ४३६ जना खटिए

चितवन– भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङ हुँदै चितवनसम्म प्रभाव परेपछि शव खोजी, उद्धार तथा व्यवस्थापनका लागि नेपाली सेनाले व्यापक रूपमा फौज परिचालन गरेको छ। बाढीमा परी बेपत्ता भएकाहरूको शव चितवनका नदी तटीय क्षेत्रमा समेत फेला पर्न थालेपछि आजदेखि ड्रोन, रबरबोटलगायतका उद्धार सामग्रीसहित ४३६ जनाको संयुक्त फौज खोज तथा उद्धार कार्यमा परिचालन […]

भोटेकोशी बाढीपछि सुरुङमा फसेकाको खोजी तीव्र

काठमाडौं– भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई तीव्र पारिएको छ । नेपाली सेनाको कमाण्डमा विशेषज्ञसहितको टोलीले विद्युत् आयोजनाका सुरुङलाई केन्द्रित गरी तीन दिनदेखि खोज तथा उद्धार अभियानलाई निरन्तरता दिइरहेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार त्रिशूली–३ ‘बी’को सुरुङमा विज्ञसहितको फौज खटिई खोज तथा उद्धार जारी […]

भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग लिए ब्रिफिङ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उत्पन्न संकट समाधान तथा खोज, उद्धार र राहत व्यवस्थापनबारे सुरक्षा निकायका प्रमुखहरूसँग छलफल तीव्र बनाएका छन्। प्रधानमन्त्री शाहले सोमबार सुरक्षा निकायका प्रमुखहरूसँग एकपछि अर्को गरी भेटवार्ता गर्दै बाढी प्रभावित क्षेत्रमा भइरहेका खोज तथा उद्धार, राहत वितरण र समग्र व्यवस्थापनको अवस्थाबारे जानकारी लिइरहेका छन्। शाहले केहीबेरअघि […]

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा– सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई प्राथमिकता दिएको छ । सरकारले अहिलेको विषम परिस्थितिमा आपत्कालीन अवस्था घोषणा गरी जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित सरोकार भएका सम्पूर्ण सरकारी संयन्त्र परिचालन गरी हवाई कम्पनीहरूको […]

बाढी प्रभावित क्षेत्रमा वैकल्पिक सडक मार्ग प्रयोग गर्न प्राधिकरणको अपिल

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १० गते रसुवामा गएको विनाशकारी बाढीका कारण उत्पन्न परिस्थितिलाई लिएर विशेष अपिल जारी गरेको छ । बाढीको प्रत्यक्ष असर नपरेका, न्यून प्रभावित भएका तथा सुरक्षित उच्च स्थानमा रहेका नागरिकहरूबाट समेत हेलिकोप्टर उद्धारको माग भइरहेकोप्रति ध्यानाकर्षण गराएको हो । सीमित साधन र स्रोतको विषम परिस्थितिमा अत्यन्तै आवश्यक […]

भोटेकोशी बाढी : ९०३ वटा शव फेला, चार हजारभन्दा बढी सम्पर्कविहीन

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको निधन भएको पुष्टि गरेको छ । उक्त बाढीमा परी हालसम्म २६७ जना व्यक्ति घाइते भएको जानकारी दिँदै प्राधिकरणले ४ हजार ३४७ जना सम्पर्कविहीन रहेको जनाएको छ । बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र चितवनलगायत जिल्ला प्रभावित […]

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा बढीको उद्धार गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार गए रातिसम्म तीन हजार २९ जनालाई रसुवा र नुवाकोटको विभिन्न स्थानबाट उद्धार गरिएको हो । तीमध्ये नेपाली नागरिक दुई हजार सात सय ७६ जना र विदेसी दुईसय ५३ […]

पृथ्वी, अरनिको र मेची राजमार्ग अवरुद्ध : देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा पहिरो खस्दा तथा बाढीको जोखिम बढेपछि यातायात ठप्प वा आंशिक रूपमा प्रभावित भएको हो। कोशी प्रदेश: इलामको इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्ग भदौ २३ गतेदेखि नै पूर्ण […]

त्रिशूली–३ ‘ए’ आयोजनामा रातभर उद्धार प्रयास, बाक्लो स्ल्याब फुटाएर सुरुङ खोल्ने तयारी

काठमाडौँ– रसुवाको गोसाइँकुण्ड क्षेत्रमा बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिहरूको उद्धारका लागि राति पनि काम गरिएको छ । उद्धार टोलीले सुरुङसम्म पुग्ने बाटो खोल्दै बाक्लो कंक्रिट स्ल्याब फुटाएर सुरुङभित्र प्रवेश गर्ने तयारी अघि बढाएको छ। आयोजनाको पछिल्लो अपडेटअनुसार सुरुङको करिब ४०० मिलिमिटर बाक्लो ‘क्राउन स्ल्याब’ फुटाउन ब्लास्टिङ गरिएको छ। यसअघि […]

Older

41

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका लागि डीएनए नमुना परीक्षण सुरु गरिएको छ । भारतबाट नेपाल आएको फरेन्सिक विशेषज्ञ टोलीले आइतबार नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका नेपाली विज्ञहरूसँग भेट गरी डीएनए नमुना विश्लेषणसम्बन्धी काम अघि बढाएको हो । भारतीय पक्षका अनुसार बाढीमा परी मृत्यु भएकाहरूको पहिचानमा […]

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये २८९ पर्यटकको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार बुधबार बिहान भोटेकोशीमा आएको बाढीमा परेर सम्पर्कविहिन भएकामध्ये हालसम्म २८९ विदेशी पर्यटकको उद्धार गरिएको हो । बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत ९सिईओ० हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएर सम्पर्कविहीन […]

प्रधानमन्त्री बालेनले भने : प्रत्येक नागरिकको जीवनरक्षामा सरकार प्रतिबद्ध छ

काठमाडाैं – भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ दिन प्रधानमन्त्री बालेन शाहले विपद्पछिको खोज, उद्धार, राहत तथा व्यवस्थापनको काम चुनौतीपूर्ण भए पनि सरकार दृढताका साथ अघि बढिरहेको बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री शाहले प्रतिकूल मौसम, जटिल भूगोल र लगातारको जोखिमका कारण बाढीबाट भएको जनधन तथा भौतिक क्षतिको पूर्ण विवरण […]

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, रातभर उत्खनन गरिने

नुवाकोट – गत भदौ १० गते आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूलाई सुरक्षित बाहिर निकाल्न सरकारले उद्धार कार्यलाई तीव्रता दिएको छ । ऊर्जा मन्त्रालयको सचिवालयका अनुसार सुरुङभित्र रहेकाहरूको जीवनरक्षा र उद्धारका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरी युद्धस्तरमा काम भइरहेको छ । उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आज रातभर […]

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका ४३ जनालाई उद्धार गरी काठमाडौँ राष्ट्रिय ट्रमा सेन्टर ल्याइएकामा २४ जना उपचारपछि घर फर्किएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा हाल १७ घाइतेको उपचार भइरहेको छ । एक जनालाई थप उपचारका लागि वीर अस्पताल रेफर […]

त्रिशूली थ्री ‘ए’को सुरुङको मुखसम्म उद्धार टोली : बोलाउँदा भित्रबाट कसैको आवाज आएन

काठमाडौं- माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरूङभित्र फसेका मजदुर र इन्जिनियहरूको उद्धारमा सफलता हात लागेको छ। नेपाली सेनाका इन्जिनियरले सुरुङ भेट्टाउन ब्लास्टिङ गर्नेसम्मका प्रयास अघि बढाएका छन्। उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका साथै सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी कूल ९० जनाको […]

बाढीपछि थुनिएकाहरूको उद्धारमा प्रगति : त्रिशूली–३ ‘ए’ को सुरुङ भेटियो

काठमाडौं– रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका व्यक्तिहरूको उद्धारमा महत्त्वपूर्ण प्रगति भएको छ। नेपाली सेनासहितको उद्धार टोलीले सुरुङसम्म पहुँच स्थापित गर्न सफलता पाएको हो। नेपाली सेनाका अनुसार माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङको प्रवेशद्वार खोल्ने काम ‘ब्रेक थ्रु’ भएको हो । गृह मन्त्रालयका अनुसार टनेल इन्ट्री खोल्ने लक्ष्यमा सफलता मिलेको हो […]

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा– रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका ३९ जनामध्ये दुई जना सम्पर्कमा आएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सम्पर्कविहीनमध्ये आज बिहानसम्ममा पोखरीया नगरपालिका–५ का ओ जिर अन्सारी र वीरगञ्ज महानगरपालिका बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ सम्पर्कमा आएका छन् । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी पर्सा जिल्लाका सर्फराज मिया, साहबुदिन […]

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो

काठमाडौं– भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएकामध्ये ५९ जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ । अस्पतालका प्रवक्ता डा गोपाल सेढाईँले बाढीमा परेर ज्यान गएकामध्ये ५९ जनाको शव शिक्षण अस्पतालमा ल्याइएको जानकारी दिए । अस्पतालमा ल्याइएका ती शवमध्ये ३२ जनाको शवपरीक्षण भइसकेको र २७ जनाको शवपरीक्षण गर्न बाँकी रहेको प्रवक्ता डा सेढाईँले बताए । अस्पतालमा […]

त्रिशूलीका जलविद्युत् आयोजनामा उद्धार तीव्र : उपकरण हेलिकप्टरमा लगिँदै, सुरुङको प्रवेशद्वार खोल्ने प्रयास ‘ब्रेक थ्रु’ नजिक

काठमाडौं- रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका व्यक्तिहरूको उद्धारका लागि नेपाली सेनाले उद्धार अभियान तीव्र बनाएको छ। आयोजनास्थलसम्म पुग्न सडक अवरुद्ध भएपछि सेनाले स्काभेटर र डोजर नुवाकोटको बट्टारसम्म पुर्‍याएर डिसमेन्टल गरी हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लैजाने काम गरिरहेको छ। बाढी प्रभावितको उद्धारका लागि नेपाली सेनासहितको टोली अहोरात्र खटिएको छ। गएराति पुनः […]

भोटेकोसी बाढीका ७६ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार जारी

काठमाडौं– भोटेकोसी नदीमा आएको बाढीका कारण घाइते भएका ७६ जना व्यक्तिहरूको काठमाडौं उपत्यका तथा बाहिरका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र काठमाडौँका अनुसार बाढी प्रभावित विभिन्न क्षेत्रहरूबाट उद्धार गरिएका घाइतेहरूलाई भदौ १० गतेदेखि भदौ १४ गतेसम्ममा अस्पताल ल्याई भर्ना गरिएको जनाएको हो । केन्द्रकाअनुसार सबैभन्दा धेरै घाइतेहरू महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण […]

त्रिशूली–३ ‘बी’ उद्धारका लागि ४ वटा प्वाल ड्रिलिङ सम्पन्न

काठमाडौं– त्रिशूली-३ ‘बी आयोजनामा सुरुङभित्र फसेका मानिसहरूको उद्धार गर्ने प्रयासमा पछिल्लो समयसम्म अगाडिको मुख्य भागमा ड्रिलिङ गरेर ४ वटा प्वाल पार्ने काम सम्पन्न भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठको सचिवालयका अनुसार अब फ्रन्ट फेसबाटै सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्य अघि बढाउने तयारी भइरहेको छ। उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी […]

भोटेकोशी बाढीका ७८ घाइते उपचारपछि डिस्चार्ज

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका ७८ जना व्यक्तिहरू विभिन्न अस्पतालहरूमा सफल उपचार पश्चात् डिस्चार्ज भएका छन् । जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र काठमाडौंका अनुसार उद्धार गरिएका घाइतेहरूको काठमाडौं उपत्यका तथा बाहिरका विभिन्न १२ वटा अस्पतालहरूमा उपचार गरिएको थियो बाढीबाट घाइते भएकामध्ये सबैभन्दा धेरै २७ जनाको यस सेन्टरमा उपचार र डिस्चार्ज भएको छ […]

भोटेकोशी बाढी : त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं– रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारको प्रयास जारी छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त फौज तथा विशेषज्ञ टोलीले ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटरलगायत सामग्रीको प्रयोग गरी सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त सुरुङमा फसेका व्यक्तिको […]

भोटेकोसी बाढीको भयावह तथ्यांक : १५ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं– गत बुधबार भोटेकोसी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको मानवीय क्षतिको सरकारी तथ्यांकले विपद्को भयावह अवस्था देखाएको छ। सरकारको उद्धार अनुरोध पोर्टलमा रहेको पछिल्लो अभिलेखअनुसार १५ हजार ३२९ जना अझै हराइरहेका छन्। हालसम्म २ हजार ५०७ जना फेला परेको विवरण पोर्टलमा उल्लेख छ भने १ हजार ८०८ जनाको भेट तथा समस्या समाधान भएको […]

विदुरको ढुंगेमा भीड बढ्दा उद्धार टोलीलाई कठिनाइ

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि क्षति भएको विदुरको ढुंगे क्षेत्रमा भीड बढेपछि उद्धार टोलीलाई काम गर्न कठिन भएको छ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित भएको नुवाकोटको विदुर नगरपालिकास्थित ढुंगे बजार क्षेत्रसम्म सडक पहुँच भएकाले पीडित सर्वसाधारणका साथै क्षतिग्रस्त बजार हेर्न जाने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको अत्यधिक भीड देखिएको छ । भीड […]

भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार गरिएको छ । नुवाकोटको त्रिशूलीस्थित श्री नम्बर १ सैन्य तालिम केन्द्रबाट उद्दारका लागि हेलिकप्टर परिचालन र सोहि केन्द्रमा नै उद्दार गरि ल्याउने व्यवस्था गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म ८ हजार १ सय ८६ जनाको उद्दार गरिएको छ । उद्दार गरि […]

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका विभिन्न क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्य तीव्र पारिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १४ गते बिहान ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै ७३४ जनाको शव फेला परेको जनाएको छ। प्राधिकरणका अनुसार सबैभन्दा बढी चितवनबाट २५९, नवलपरासी पूर्वबाट १४८, नवलपरासी पश्चिमबाट […]

त्रिशूली ३ ‘ए’ आयोजनामा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र थपिएका श्रमिकहरूको उद्धारका लागि मेसिनमार्फत केबल टनेलसम्म सफलतापूर्वक प्वाल छिचोलिएको छ। आइतबार राति ड्रिलिङ प्रक्रिया सम्पन्न भई टनेलसम्म प्वाल पुगेपछि भित्रको अवस्था सुख्खा रहेको पाइएको छ। सुरुङभित्र थुनिएका व्यक्तिको सहजताका लागि कम्प्रेसरसँगै अक्सिजनयुक्त हावा र मार्गदर्शनका लागि बत्ती (लाइट) पठाइएको छ। भित्र […]

भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन

भोजपुर– भोटेकोशी बाढीपछि भोजपुरका चार जना सम्पर्कविहीन भएका छन् । रोजगारीका सिलसिलामा रसुवा पुगेका उनीहरू बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानबहादुर खड्काका अनुसार रसुवाको मैलुङस्थित सैनिक पोष्टमा कार्यरत टेम्केमैयुङ गाउँपालिका–९ का ३१ वर्षीय प्रभाकर दङ्गाल, दुसन हाइड्रोपावर कम्पनीमा कार्यरत भोजपुर नगरपालिका–७ का ५९ वर्षीय […]

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

मुस्ताङ– उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिमबारे स्थलगत र ड्रोनमार्फत अनुगमन सुरु गरिएको छ । हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको सङ्केत नदेखिएको अधिकारीहरूले बताएका छन् । भोटेकोशी बाढीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद् जोखिम पहिचान तथा पूर्वतयारीलाई तीव्रता दिइएको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा […]

भोटेकोशीमा पानी घट्यो : रसुवा, नुवाकोट र धादिङमा बाढीको खतरा टर्‍यो

काठमाडाैँ – उत्तरी रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेको खबरपछि सतर्कता अपनाइएको भए पनि हाललाई ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रसुवा र नुवाकोटबाट प्राप्त पछिल्लो विवरण अनुसार नुवाकोट क्षेत्रमा नदीको जलसतह केही बढे पनि बाढी सामान्य अवस्थामै रहेको छ। महाशाखाले बिहान ५:४५ बजे अद्यावधिक सूचना जारी गर्दै रसुवा, […]

भोटेकोशी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये २६१ जनाको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार बुधबार बिहान भोटेकोशीमा गएको बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये शनिबार साँझसम्म २६१ विदेशी पर्यटकको उद्धार गरिएको हो । बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएर हराएकामध्ये […]

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको छ। नदीमा बाढीको ठूलो आवाज सुनिएको भन्दै जिल्ला प्रहरी कार्यालय रसुवाले पूर्वसूचना जारी गरेपछि बाढी पूर्वानुमान महाशाखाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरेको छ। महाशाखाका अनुसार रसुवा, नुवाकोट र धादिङ भएर बहने भोटेकोशी तथा त्रिशूली नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई हाललाई सुरक्षित र सजग […]

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका मानिसहरूको उद्धार प्रयास जारी छ। अविरल वर्षा र कठिन भौगोलिक परिस्थितिका बीच नेपाली सेनासहितको उद्धार टोली रातभर घटनास्थलमा खटिएर खोज तथा उद्धार कार्यमा जुटेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । रातको अँध्यारो र प्रतिकूल मौसमका कारण उत्पन्न जोखिमलाई कम […]

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी सहायक हवल्दार दीपेन्द्र विष्टको शव पहिचान भएको छ । पाल्पाको तानसेन नगरपालिका–१० घर भई इलाका प्रहरी कार्यालय टिमुरे, रसुवामा कार्यरत ३४ वर्षीय विष्ट बाढीपछि बेपत्ता भएका थिए । बाढीपछि उहाँको शव गोरखामा फेला परेको हो । शव व्यवस्थापनका लागि पोखरा महानगरपालिका–१० रामघाटस्थित पोखरा स्वास्थ्य विज्ञान […]

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ स्वास्थ्यकर्मी एवं उनीहरूका परिवारसमेत गरी १० जना सम्पर्कविहीन अवस्थामा रहेको जनाएको छ । जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख निदोर्ज घर्तीमगरका अनुसार तीनमहिने छोरासहित टिमुरे स्वास्थ्यचौकीका इन्चार्ज सुस्मिता पाण्डे, आठमहिने छोरीसहित स्याफ्रुबेँसी स्वास्थ्य चौकीका इन्चार्ज खम्बु बोहारा र उनकी पत्नी कोपिला केसी, दालफेदी स्वास्थ्य चौकीका इन्चार्ज विजय […]

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये १८७ जनाको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार बुधबार बिहान भोटेकोशीमा आएको बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये १८७ जनाको उद्धार गरिएको हो । पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत ९सिइओ० हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएर हराएकमध्ये १५ देशका […]

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण प्रगति भएको छ । सुरुङको माथिल्लो भाग अर्थात् ‘क्राउन’सम्म उद्धार टोली पुग्न सफल भएको गृहमन्त्री सुधन गुरुङले जानकारी दिएका छन् । गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत सार्वजनिक सूचना जारी गर्दै सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको र बनाइएको सानो प्वालबाट हावा पठाउन सुरु गरिसकेको बताएका छन् […]

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका साथमा रहेको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका कार्यहरू नतिजा नआएसम्म निरन्तर जारी रहने बताएका हुन् । विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा निकै ठूलो जनधन र भौतिक क्षति पुर्‍याएकोप्रति नेपाल सरकार अत्यन्तै गम्भीर र संवेदनशील रहेको […]

प्रधानमन्त्रीले भने : उद्धार, खोजी र राहत कार्यलाई तीव्र बनाएका छौं

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रबाट हालसम्म ७ हजार ५१४ जनाको उद्धार गरिएको सरकारले जनाएको छ । प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार प्रतिकूल मौसम र विकट भौगोलिक अवस्थाका बाबजुद नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा संयन्त्र उद्धार, खोजी तथा राहतमा निरन्तर खटिरहेका छन् […]

आजका समाचार : बाढीबाट मृत्यु हुनेको संख्या ६६९ पुग्यो, विदेशी सहयोग माग्दै सरकार, उद्धारमा चिनियाँ र भारतीय टोली जोडिए र युक्रेनमा रुसी आक्रमण तीव्र

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धारभोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६६९ पुगेको छ । नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रबाट आज साँझ ४ बजेसम्म ६६९ जनाको शव फेला परेको जनाएको हो । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा १३, धादिङमा ४९, नुवाकोटमा ४१, गोरखामा ५४, […]

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा शव फेला परेका छन् । नेपाल प्रहरीका अनुसार १४८ महिला, २६८ पुरुष, २२ बालिका, २० बालक र २११ आंशिक अङ्गसहितको शव फेला परेको छ। रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४९, चितवनमा २४८, गोरखामा ५४, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ७५ वटा शव फेला […]

संक्रमणको जोखिम घटाउन प्रहरीद्वारा बेवारिसे शव व्यवस्थापन तीव्र

काठमाडौं- विभिन्न जिल्लाबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका अंगहरूको उचित व्यवस्थापन गर्दै स्वास्थ्यमा हुन सक्ने संक्रमण तथा महामारीको जोखिम न्यूनीकरण गर्न नेपाल प्रहरीले शव व्यवस्थापन प्रक्रिया तीव्र बनाएको छ। शवगृहको अभाव तथा लामो समयसम्म शव सुरक्षित राख्न कठिनाइ भएपछि केही शव सड्न थालेको र दुर्गन्ध फैलिन थालेकाले संक्रमणको जोखिमलाई ध्यानमा राख्दै प्रहरीले सामूहिक […]